एसिसी यु-१९ एसिया कप

एसिसी यु-१९ एसिया कप खेल्ने टोलीको बिदाइ

तस्विरः क्यान

काठमाडौं । संयुक्त अरब ईमिरेट्स ( युएई) मा हुने  एसिसी यु-१९ एसिया कप खेल्ने टोलीको बिदाइ भएको छ ।  नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार टोलीको बिदाइ गरेको हो ।

 बिदाइ कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलगायतको उपस्थीति थियो ।

मंसिर २२ देखी पुस १ सम्म हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, जापान र युएईछन् । शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

नेपालले मंसिर २२ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

नेपाली टोली 
देव खनाल (कप्तान), अर्जुन कुमाल, गुलसन झा, दीपेश कंडेल,  आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द,  दीपक बोहरा