१९ औं एसियाली खेलकुद

राम्रो प्रदर्शन गरे पनि सोचे जस्ताे नतिजा आएनः कप्तान रोहित

फाइल फोटो

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले चीनमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगितामा राम्रो प्रदर्शन गरे पनि सोचे अनुसारको नतिजा नआएको बताएका छन् ।

एसियाली खेलकुदमा सहभागी नेपाली टोली बिहीबार नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको हो। ‘उत्कृष्ट प्रदर्शन गरे पनि सोचे अनुसारको नतिजा आएन’, स्वदेश फर्किएपछि कप्तान रोहितले भने, ‘एसियाली खेलकुदको अनुभवले आगमी दिनमा राम्रो प्रदर्शन गर्न मद्दत पुग्नेछ ।’

 यसैगरी रोहितले ट्वान्टी-२० विश्वकप छनोटका पाँच वटै खेल फाइनल सरह रहेको पनि बताए।  ‘हामीले कुनै पनि टोलीलाई कमजोर मानेका छैनौं,’ रोहितले भने,‘ हाम्रा लागि पाँच वटै खेल फाइनल सरह हुन । त्यसैले उकृष्ट प्रदर्शन गर्ने प्रयास गर्नेछौं । ’ 

टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशनकुमार सिंह, केन्द्रीय सदस्य दिवाकर घले, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निमित्त सदस्यसचिव प्रकाशकुमार कुसारी लगायतले स्वागत गरेका थिए ।

भारतसँग २३ रनले पराजित हुँदा नेपाल क्वार्टरफाइनलबाट बाहिरिएको थियो । समूह चरणमा नेपालले मंगोलियालाई २ सय ७३ रन र माल्दिभ्सलाई १ सय ३८ रनले पराजित गरेको थियो ।

याे पनि

https://youtu.be/lxqfdLi5t5I?si=hqjL2RDiuOyKhzlL