भाद्र २७, २०८२ शनिबार | १०:३०:४४
यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने

एसियाली खेलकुदः भारोत्तोलनमा विशालको दुर्लभ कीर्तिमान

काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदको भारोत्तोलनमा नेपालका विशालसिंह विष्टले बिहीबार दुर्लभ कीर्तिमान कायम गरेका छन् ।

चियोसन स्पोर्टस सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौलसमूहमा विशालले  तीन राष्ट्रिय कीर्तिमानसहित  कुलमा  ३ सय १ केजी वजन उठाउने पहिलो नेपाली खेलाडीकाे दुर्लभ कीर्तिमान पनि कायम गरे ।

यसअघि कुनैपनि नेपाली भारोत्तोलकले कुनैपनि तौलसमूहमा जम्मामा ३ सय केजीसम्मको भार पनि वहन नगरेको भारोत्तोलन टिमका व्यवस्थापक पनि रहेका नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जनाएका छन् ।

विशालले स्न्याचमा १ सय ३३ केजी, क्लिन एन्ड जर्कमा १ सय ६८ केजी र कुलमा ३ सय १ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे ।

यसअघि स्न्याचमा १ सय २६ केजी, क्लिन एन्ड जर्कमा १ सय ६५ केजी र कुलमा २ सय ९१ केजीको राष्ट्रिय कीर्तिमान विशालकै नाममा थियो । उनले उक्त कीर्तिमान केही साताअघि रियादमा भएको विश्व भारोत्तोलन च्याम्पियनसिपमा बनाएका थिए ।

स्न्याचमा विशालले दोश्रो लिफ्टमा नै १ सय २७ केजी तौल उठाउदै राष्ट्रिय कीर्तिमान स्थापित गरिसकेका थिए । पहिलो लिफ्टमा विशालले १सय २१ केजी तौल उचालेका थिए । त्यस्तै क्लिन एन्ड जर्कमा लिफ्टमा १ सय ६१ केजी वजन उठाएका विशालले दोश्रो लिफ्टमा विशालले १६८ केजी वजन उचालेर राष्ट्रिय कीर्तिमान रचे ।

तेश्रो लिफ्टमा १ सय ७५ केजी तौल उचाल्दै कीर्तिमान सुधार्ने प्रयास गरे पनि विशाल त्यसमा सफल भएनन् । पाँच खेलाडी सहभागी भारोत्तोलनमा नेपालको अन्तिम दिन शनिबार सागर भण्डारीले चुनौती प्रस्तुत गर्ने छन् ।


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS