मंसिर २७, २०८१ बिहीबार | १७:४४:५९
युएई जाने यु-१९ क्रिकेट टोलीको बिदाइ मैत्रीपूर्ण खेलमा बालेनको गोल युएईका बसिर अहमद चितवनमा क्यालिकटसँग पराजित हुँदै बाहिरियो गण्डकी काठमाडौंलाई हराउँदै जनकपुर बन्यो प्लेअफ पुग्ने पहिलो टोली एपिएफको कठिन जित पावरप्लेमा जनकपुरले दुवै ओपनर गुमायो हेल्प नेपालको पहिलो पराजय जनकपुरले काठमाडौंलाई १०१ रनमा रोक्यो काठमाडौंले चार विकेट गुमायो युएई जाने यु-१९ क्रिकेट टोलीको बिदाइ मैत्रीपूर्ण खेलमा बालेनको गोल युएईका बसिर अहमद चितवनमा क्यालिकटसँग पराजित हुँदै बाहिरियो गण्डकी काठमाडौंलाई हराउँदै जनकपुर बन्यो प्लेअफ पुग्ने पहिलो टोली एपिएफको कठिन जित पावरप्लेमा जनकपुरले दुवै ओपनर गुमायो हेल्प नेपालको पहिलो पराजय जनकपुरले काठमाडौंलाई १०१ रनमा रोक्यो काठमाडौंले चार विकेट गुमायो

पारा तथा विशेष खेलकुदः सरितालाई स्वर्ण

काठमाडौं ।  पारा तथा विशेष खेलकुद अन्तर्गत भारोत्तोलनमा कोशी प्रदेशकी सरिता थुलुङले सोमबार स्वर्ण जितेकी छन् । महिला ६७ केजीमाथिमा सरिताले ६५ केजी भार वहन गरिन् ।

यो स्पर्धामा बागमती प्रदेशकी संगिता लिम्बुले ४१ केजी तथा गण्डकी प्रदेशकी भावना केसीले ४० केजी तौल उठाउदै क्रमशः रजत र कांस्य पदक हात पारे ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगिताको महिला ६७ केजीमुनिमा कोशीकी अनुकला राईले स्वर्ण पदक चुमिन् । अनुले ४२ केजी वजन उचालिन् ।

यसैगरी कोशीकै सम्झना बन दोश्रो तथा गण्डकीकी सर्मिला विश्वकर्मा तेश्रो भए । सम्झनाले ४० तथा सर्मिलाले ३६ केजी भार वहन गरे ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको ५० केजीमुनिमा ३४ केजी तौल उचालेकी लुम्बिनी प्रदेशकी हुमा मगरले स्वर्ण पदक जितिन् । २५ केजी तौल उठाएकी सुदूरपश्चिमकी रोशनी थापाले रजत पदक हात पारिन् ।

दुई दिने प्रतियोगिताको पुरुषतर्फ चार र महिलातफै तीन सात स्पर्धामा ४२ खेलाडीको सहभागिता रहेको राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालका अध्यक्ष टेकबहादुर गुरुङले जनाएका छन् । अन्तिम दिन मंगलबार पुरुषतर्फ चार स्पर्धाको फाइनलमा हुनेछ ।
 


भिडियो
यो खेल सुपर ओभरमा जानै हुँदैन थियौः Bipin Khatri
सुपर ओभरको बलिङमा चुक्यौंः Sandeep Lamichhane
विदेशी खेलाडीसँग खेल्दा धेरै सिक्न पाइन्छः Dipesh Kandel
बाहिरियो लुम्बिनी । कप्तान भन्छनः प्रतियोगिता सोचेको जस्तो भएन । Rohit K Paudel
सुदूरपश्चिमले जितेपछि कीर्तिपुरको मैदानमै देउडा ।I NPL ।। SUDURPASCHIM ROYALS ।। JANAKPUR BOLTS
जनकपुरविरुद्ध एक प्रतिशत पनि दबाब थिएन: Ishan Pandey
समर्थक जनकपुरको पक्षमा, बाजी मार्यो सुदूरपश्चिमले II SUDURPASCHHIM ROYALS II JANAKPUR BOLTS II FANS