फाल्गुन ९, २०८२ शनिबार | १४:०९:२२
एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा

राष्ट्रिय भारोत्तोलन प्रतियोगिताः कास्कीकी सुष्माले जितिन् ६ स्वर्ण

काठमाडौं । २६ औं राष्ट्रिय पुरुष तथा ११ औं राष्ट्रिय महिला भारोत्तोलन च्याम्पियनसिप २०८०अन्तर्गत बुधबार भएको खेलमा सुष्मा काफ्लेले ६ वटा स्वर्ण पदक प्राप्त गरेकी छन्।

कास्की जिल्लाबाट प्रतिनिधित्व गरेकी सुष्माले जुनियर ५९ केजी र युथ ५९ केजीमा समान तीन स्वर्ण जितेकी हुन्। सुष्माले जुनियर र युथ दुवैतर्फ स्न्याचमा ४० केजी, क्लिन एन्ड जर्कमा ४७ केजी र कुल ८७ केजी तौल उठाएकी हुन्।

सोही तौल समुहमा जुनियरतर्फ सप्तरीकी पुष्पा ठाकुरले रजत पदक जितिन् । उनले स्न्याचमा ४०, क्लिन एन्ड जर्कमा ४५ केजी र कुल ८५ केजी तौल भार उठाइन्। 

त्यसैगरी ५९ युथमा सप्तरीकी अञ्जली यादवले रजत पदक जित्ने क्रममा स्न्याचमा ३५, क्लिन एन्ड जर्कमा ४५ गरी कुल ८० केजी भार उठाइन्।

बुधबार नै सिनियर पुरुषतर्फ ८१ केजी तौलको निकै प्रतिस्पर्धात्मक भिडन्तमा एपिएफका सन्तोष चौधरीले जित हात पारे। उनले क्लिन एन्ड जर्कमा १ सय ३३ तथा कुल २ सय ३६ तौल उठाएर दुई स्वर्ण जिते। उनलाई कडा टक्कर दिएका कञ्चनपुरका विकास भट्टले स्न्याचमा १ सय १५ केजी उठाएर स्वर्ण जिते। तर क्लिन एन्ड जर्कमा १ सय ३५ उठाउने प्रयासमा असफल भए । 

त्यसैगरी सिनियर महिला ६४ केजीमा शारदा चौधरीले स्वर्ण जितिन्। उनले स्न्याचमा ६७, क्लिन एन्ड जर्कमा ८८ गरी कुल १ सय ५५ केजी उठाएकी थिइन्। नेपाल प्रहरीकी लक्ष्मी थापाले स्न्याचमा ५७, क्लिन एन्ड जर्कमा ६९ केजी गरी कुल १ सय २६ केजी भार उठाउँदै रजत जितिन् ।

जुनियर ६४ केजीमा सप्तरीकी सन्तोषी यादवले स्वर्ण जितिन्। सो क्रममा उनले स्न्याचमा ५०, क्लिन एन्ड जर्कमा ७५ गरी कुल १ सय २५ केजी तौल उठाइन्। 

यस्तै सिनियर ५९ केजीमा  नेपाल प्रहरीकी टिकामाया गुरुङले स्वर्ण जितिन्। उनले स्न्याचमा ६१,क्लिन एन्ड जर्कमा ७८ गरी कुल १ सय ३९ केजी उठाएकी थिइन्। नेपाली सेनाकी अस्मिता पुलामी मगरले रजत जितिन्।  उनले स्न्याचमा ६०, क्लिन एन्ड जर्कमा ६९ गरी १ सय २९ केजी तौल उठाएकी हुन्।

सिनियर पुरुषतर्फ ७३ केजीमा नेपाल प्रहरीका प्रकाश केसीले स्वर्ण जिते। उनले स्न्याचमा १ सय २ केजी,क्लिन एन्ड जर्कमा १ सय ३२ केजी गरी कुल २ सय ३४ केजी भार उठाए। सो तौलमा रजत पदक जित्ने क्रममा कञ्चनपुरका अशोक भण्डारीले स्न्याचमा १ सय ,क्लिन एन्ड जर्कमा १ सय २६ गरी कुल २ सय २६ केजी उठाए।

त्यस्तै जुनियर ७३ केजीमा कञ्चनपुरका हेमन्त पालले स्न्याचमा ९७, क्लिन एन्ड जर्कमा १ सय २२ गरी कुल २ सय १९ केजी भार उठाएर स्वर्ण पदक जिते। हेमन्त तीन महिना अगाडी भारतको नयाँ दिल्लीमा सम्पन्न युथ एन्ड जुनियर एसियन च्याम्पियनसिपमा जुनियरतर्फ कांस्य पदक जितेका खेलाडी हुन्। 
इलामका पुष्कर राईले स्न्याचमा ५०, क्लिन एन्ड जर्कमा ६० गरी कुल १ सय १० केजी उठाएर रजत पदक जिते।

त्यसैगरी युथ ७३ केजीमा सप्तरीका हेम नारायण यादवले स्वर्ण जिते। त्यस्तै सिनियर पुरुषतर्फ ६७ केजीरमा नेपाली सेनाका राजु चौधरीले स्वर्ण तथा  मुक्तिराम घलेले रजत पदक हात पारे ।

जुनियर ६७ केजीतर्फ कास्कीका रोशन चुन्वाङले स्वर्ण र ललितपुरका मोहित शाक्यले रजत पदक जिते।  युथ ६७ केजीमा सप्तरीका अनुराग प्रतापसिंहले स्वर्ण र कञ्चनपुरका दिपेश घतालले रजत पदक जिते।

त्यसैगरी सियिनर ६१ केजीमा नेपाली सेनाका तुलाराम महतोले स्वर्ण जिते। उनले स्न्याचमा ८६,क्लिन एन्ड जर्कमा १ सय ५ गरी कुल १ सय ९१ केजी भार उठाए। रजत जितेका एपीएफका पारस देसारलेस्न्याचमा ८५, क्लिन एन्ड जर्कमा १सय ३ गरी कुल १ सय ८८ केजी उठाए।

जुनियर ६१ केजीमा बाँकेका विमित योगी थारुले स्न्याचमा ७७, क्लिन एन्ड जर्कमा १०२ गरी कुल १सय ७९ केजी उठाएर स्वर्ण जिते। रजत पदक जितेका किरण घर्तीमगरले स्न्याचमा ६५, क्लिन एन्ड जर्कमा ८५ गरी कुल १सय ५० केजी तौल उठाए।

यस्तै ६१ केजी युथमासप्तरीका सुजित यादवले स्वर्ण जिते। उनले स्न्याचमा ४८, क्लिन एन्ड जर्कमा ६० गरी कुल १सय ८ केजी उठाए। रजत पदक जितेका बाँकेका आदित्य खातिकले स्न्याचमा ४१, क्लिन एन्ड जर्कमा ५० गरी कुल ९१ केजी भार उचाले।

प्रतियोगिताको फाइनल बिहीबार हुनेछ। 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||