एसिसी मेन्स यू -१६ इस्ट जोन कप

सिंगापुरमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौ । सिंगापुरमाथि ९७ रनको फराकिलो जित निकाल्दै नेपाल एसिसी मेन्स यू-१६ इस्ट जोन कप २०२३ को फाइनमा प्रवेश गरेको छ ।

बायमस ओभलमा सोमबार सम्पन्न सेमिफाइनलमा नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा समेटियो ।

सिंगापुरका लागि रोशन रविचन्द्रनले २४, प्रनव धनुकाले अविजित १४ र कविर बिर्लाले ११ रन बनाए ।

नेपालका लागि कार्तिक कामतले ३ र अभिषेक तिवारी, प्रतिक पोख्रेल,सन्तोष यादव, अशोक धामी र नरेन भट्टले समान १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि सूर्यान्शु कोइरालाले ४३, निरकुमार यादवले ४२, कप्तान अभिषेक तिवारीले २५, सन्तोष यादवले १८, प्रतिक भट्टराईले १२ र दीपु कुमारले अविजित १२ र कार्तिक कमाले १० रन बनाए ।

सिंगापुरका लागि हरिहरनले ३, हर्ष वेङ्कटरम  र कविर बिर्लाले समान २ र प्रनव धनुकाले १ विकेट लिए ।

नेपालले उपाधिका लागि मलेसियाको सामना गर्नेछ । मलेसियाले अर्को सेमिफाइनलमा हङकङलाई ७८ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।