विम्बल्डन टेनिस

किर्गियोसले विम्बल्डन गुमाउने

काठमाडौं । साबिक उपविजेता निक किर्गियोसले वर्षको तेस्रो ग्रान्डस्लाम प्रतियोगिता विम्बल्डन टेनिस गुमाउने भएका छन् ।

किर्गियोसले काँधको चोटका कारण विम्बल्डनबाट नाम फिर्ता लिएका हुन् ।

चोटकै करण अस्ट्रेलियन स्टार किर्गियोसले अस्ट्रेलियन र फ्रेन्च ओपन टेनिस प्रतियोगिता गुमाएका थिए ।

‘मैले विम्बल्डनअघि फिट हुन सक्दो प्रयास गरेको थिए । तर यो सम्भव भएन,’ किर्गियोसले भने, ‘विम्बल्डन गुमाउँदै भन्ने खवर बाहिर ल्याउनु पर्दा मलाई निकै दु:ख लागेको छ ।’