आइसिसी एक दिवसीय विश्वकप छनोट

पहिलो जितको खोजीमा नेपाल

काठमाडौ । आइसिसी एक दिवसीय विश्वकप छनोटको दोस्रो खेलमा अमेरिकाको सामा गर्दा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । 

समूह ए अन्तर्गतको पहिलो खेलमा नेपाल घरेलु टोली  जिम्बाब्वेसँग ८ विकेटले पराजित भएको थियो । जिम्बाब्वेविरुद्ध ब्याटिङमा राम्रो प्रदर्शन गरे पनि बलिङमा भने नेपालले निराशाजनक प्रदर्शन गरेको थियो । 

जिम्बाब्वेविरुद्ध पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले एक सय ७२ रनको साझेदारी गरेका थिए । नेपाल अमेरिकाविरुद्ध पनि सोही लय कायम राख्न चाहन्छ । नेपालका सोमपाल कामी र गुल्सन झाले मात्र विकेट लिएका थिए । अन्य बलरले विकेट लिन सकेका थिएनन ।

यता अमेरिका पनि पहिलो जितको खोजीमा रहेको छ । अमेरिका आइतबार पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।