आइसिसी एकदिवसीय विश्वकप छनोट

टस हारेर नेपाल ब्याटिङमा

फाइल फोटो

काठमाडाैं । आइसिसी एकदिवसीय विश्वकप छनोट (ग्लोवल क्वालिफायर) अन्तर्गत घरेलु टोली जिम्बावेविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

हरारे स्पोर्टस क्लबमा  जिम्बावेले टस जितेर फिल्डिङ रोजेको हो ।

नेपाल विजयी सुरुआत गर्ने लक्ष्यमा छ ।जिम्बावे पनि घरेलु मैदानको फाइदा उठाउँदै सुखद सुरुआतको याेजनामा छ।

नेपाल पहिलो पटक टेस्ट मान्यता राष्ट्रविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ । 

यसअघि नेपालले सन् २०१८ मा जिम्बावेमा नै आयोजना भएको विश्वकप छनोटमा जिम्बावेको सामना गरेकाे थियाे ।

त्यतीबेला नेपालसँग एकदिवसीय मान्यता नरहेकाले उक्त खेलले लिस्ट ‘ए’ मान्यता पाएकाे थियो ।

नेपालले जिम्बावेविरुद्ध खेलेकाे याे नै एक मात्र एकदिवसीय खेल हो। उक्त खेलमा नेपाल एक सय १६ रनले पराजित भएको थियो ।