फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप

नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौं । नेपालले फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपको लिग चरणको अन्तिम खेलमा आइतबार आयोजक माल्दिभ्सको सामना गर्दैछ ।

खेल नेपाली समयअनुसार राती ९ः१५ मा सुरु हुनेछ ।

नेपाल लगातार तेस्रो जितको खोजीमा छ। घरेलु टोली माल्दिभ्स पहिलो जितको खोजीमा छ ।

पहिलो खेलमा भुटानसँग पराजित नेपालले दोस्रो खेलमा पाकिस्तान तथा तेस्रो बंगलादेशलाई पराजित गरेको थियो । नेपालले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाइसकेको छ ।

माल्दिभ्स भने पाकिस्तान, बंगलादेश र भुटानसँग पराजित भएको थियो ।

जुन २२ सम्म हुने प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता छ ।