वीर गणेशमान सिंह राष्ट्रिय टेनिस

वीर गणेशमान सिंह राष्ट्रिय टेनिसः आशिष र आयुशमानको जोडी विजयी

काठाडौं । आशिष खड्का र आयुशमान घलेको जोडीले तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको पुरुष डबल्समा आइतबार जित हात पारेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा आशिष र आयुशमानको जोडीले युगेन शेर्पा र सोभित गौचनको जोडीलाई ६-१,६-४ को सोझो सेटमा पराजित गरे । 

पुरुष डबल्समै सक्षमविक्रम शाह र प्रितम परियारको जोडीले सुभास बस्नेत र देवआशिष रेउलेको जोडीलाई सीधा सेटमा ६-०,६-१ ले हराए ।

वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्धारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष सिंगल्समा आयुशमान घले, प्रदीप खड्का, निहालजंगबहादुर थापा, आशिष खड्का, निसान श्रेष्ठ, बोरिस अधिकारी, युगेन शेर्पा र ऋतिक राणा विजयी भए ।

भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र अनिल साइ तथा सुभास बस्नेत र सन्तोष खत्रीको जोडीले जित हात पारे । ४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवार र यज्ञबहादुर भण्डारी, निरेशबहादुर श्रेष्ठ र गोपाल मानन्धर, सुदर्शन विष्ट र राजु क्षेत्री तथा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले सफलता पाए ।

५५ वर्षमाथि पुरुष डबल्समा सुवर्ण धाक्वा र कृष्णराज घले, बाबुकृष्ण कार्की र राजेन्द्र भण्डारी, जीवन घिमिरे र सुदर्शन विष्ट तथा चन्द्र शाही र सोम लालचनको जोडी विजयी भए ।

यु-८ ब्वाइज सिंगल्समा भिरल अग्रवाल, रिधन श्रेष्ठ, साहंस बस्नेत र जिवश भट्टराईले आ–आफ्नो खेल जिते । सो स्पर्धाको गर्ल्समा निम्ति कुँवर, इरिस श्रेष्ठ, येशी पाख्रिन तामाङ र तभिसी राणाले जित निकाले ।

यु-९ ब्वाइज सिंगल्समा सभ्यजंग कार्की, भिरल अग्रवाल, निश्चल ज्ञवाली र आरित मल्लले जित हात पारे । उक्त स्पर्धाको गर्ल्समा समृद्धि खत्री, निर्गिमा लामा, जिवश्री भट्टराई, निम्ति कुँवर, आर्या पौडेल र नैरा घले विजयी भए ।

यु-१० ब्वाइज सिंगल्समा सभ्यजंग कार्की, इब्हान भट्टराई, अर्याशराज पौडेल र आरित मल्लले सफलता प्राप्त गरे । 

यु-१२ ब्वाइज सिंगल्समा स्पन्दन उदास, सांज्ञा रोका, विश्वविभोर डल्लाकोटी र अर्याशराज पौडेलले जित हात  पारे । उक्त  स्पर्धाको गर्ल्समा जेनिशा ज्ञवाली, शिभाली गुरुङ, आयुशा जिसी र साल्भी शेरचनले सफलता पाए ।