नेपाल ओलम्पिक कमिटी

कतार जाने टेबल टेनिस टोलीको बिदाइ

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले  बुधबार कतार जान लागेका दुई टेबल टेनिस खेलाडीलाई बिदाइ गरेका छन् ।


आगामी जनवरी सात देखि १३ सम्म हुने एसियाली फाइनल स्टेजका लागि नेपालबाट रुबिन महर्जन र संयोग कपाली(ओलम्पिक छात्रवृत्ति प्राप्त) ले सहभागिता जनाउँदैछन् ।

अध्यक्ष श्रेष्ठले सहभागिहरुलाई शुभकामना दिँदै आत्मविश्वास नै सफलताको मूल आधार भएको बताए ।

कार्यक्रममा एनओसी सदस्य रमेश शिवाकोटी,अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य,कोषाध्यक्ष तेजेन्द्र सिंह महरा,सञ्जीव ढुंगेल,दक्षिण एसियाली टेबलटेनिस महासंघका महासचिव शंकर गौतम,एनओसी मेडिकल कमिसनका अध्यक्ष डा सरोजकृष्ण श्रेष्ठ,डा नविसमान सिंह प्रधान,डा ज्ञानेन्द्र शाहको उपस्थिति थियो ।