जेष्ठ ३१, २०८२ शुक्रबार | १०:१७:००
म्याथ्युस कुन्हा म्यानचेस्टर युनाइटेडमा अनुबन्ध थोमस फ्र्यांक टोटनहमको मुख्य प्रशिक्षक अस्ट्रेलिया २१८ रनले अगाडि बिली जिन किङ कपमा नेपाल सहभागी हुने उसुमा बागमतीलाई चार स्वर्ण एनएसजेएफको नवनिर्वाचित कार्यसमितिलाई एन्फाको स्वागत उपाधिका लागि बागमती र मधेश भिड्ने नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग शृंखला खेल्ने साफ यु-२० महिला च्याम्पियनसिपः नेपालले पहिलो खेलमा भुटानको सामना गर्ने राष्ट्रपति रनिङ सिल्डमा बिहीबार चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान म्याथ्युस कुन्हा म्यानचेस्टर युनाइटेडमा अनुबन्ध थोमस फ्र्यांक टोटनहमको मुख्य प्रशिक्षक अस्ट्रेलिया २१८ रनले अगाडि बिली जिन किङ कपमा नेपाल सहभागी हुने उसुमा बागमतीलाई चार स्वर्ण एनएसजेएफको नवनिर्वाचित कार्यसमितिलाई एन्फाको स्वागत उपाधिका लागि बागमती र मधेश भिड्ने नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग शृंखला खेल्ने साफ यु-२० महिला च्याम्पियनसिपः नेपालले पहिलो खेलमा भुटानको सामना गर्ने राष्ट्रपति रनिङ सिल्डमा बिहीबार चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान

१६औं कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन जेठ तेस्रो साता

काठमाडौं । नेपाल सशस्त्र प्रहरी बल (एपिएफ) को आयोजनामा प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठ स्मृती राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको १६औं संस्करण जेठ २१ देखि २४ गते सम्म हुने भएको छ।

नेपाल एपिएफ क्लब (कृष्णमोहन स्मृती भवन) हलचोकमा आयोजना हुने प्रतियोगिताका बारेमा आज पत्रकार सम्मेलन गर्दै सशस्त्र प्रहरी बलका प्रवक्ता वरिष्ठ उपरिक्षक राजेन्द्र खड्काले उक्त जानकारी गराएका हुन् ।

राष्ट्रिय बरीयता प्रतियोगितामा पुरुष/महिला एकल र युगल, मिक्स युगल, पुरुष यू-१२ र यू-१९, भेट्रान्स युगल ४५ र ५५ बर्ष माथि तथा अन्तर सरकारी सेवा (बहाल तथा निबृत्त) ३५ बर्ष माथि गरी १० विधामा प्रतिस्पर्धा हुनेछ ।

कुल आठ लाख, ६५ हजार पुरस्कार रासी रहेको प्रतियोगितामा पुरुष र महिला एकलका विजयी शिर्ष तीनका खेलाडीहरुले ७० हजार, ३५ हजार र २५ हजार रुपैयाँ गर्नेछन् । यस्तै युगलतर्फ पहिलो हुनेलाई ५५ हजार, दोश्रो हुनेलाई ३० हजार र तेश्रो हुनेलाई २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।  

यसैगरी पुरुष यू-१२ रयू १९ का शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः२५ हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । मिक्स युगल तर्फ प्रथमले ५० हजार, दोश्रोले ३० हजार र तेश्रोले २० हजार रुपैउाँ पाउनेछन् ।  

भेट्रान्सतर्फका दुवै समूह र अन्तर सरकारी सेवाका शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः ३० हजार, २० हजार र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसका साथै वितेजा सबैले मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

कार्यक्रमलाई फर्मुला प्लस ईभेन्ट एवं एडभटाइजिङ प्रा.लि., नेपाल ब्याडमिन्टन संघ (प्राविधिक सहयोग), बागमती प्रदेश, योनेक्स सनराईज नेपाल, एपिएफ मेम्बर्स सोसाईटीले समन्वय र सहकार्य गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो।

साथै पत्रकार सम्मेलनमा संघसँग समन्वय गरी १२औं सहवीर स्मृती खुल्ला राष्ट्रिय लन टेनिस प्रतियोगिता आगामी भदौमा सञ्चालन गरिने जानकारी गराएको थियो । 
 


भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?