पुस १२, २०८१ शुक्रबार | २०:५८:५३
किंग्स क्रिकेट एकेडेमीको दोहोरो जित जुनियरमा पनि नेपालको प्रदर्शन निराशाजनक मछिन्द्रको सानदार सुरुआत निरज च्याम्पियन लुम्बिनी कप महिला फुटबल हुनु देशकै लागि खुसीको कुरा होः मन्त्री चौधरी टिम इभेन्टमा वडा-७ लाई स्वर्ण चर्च ब्वाइजको पुनरागमन जित भारत ३१० रनले पछाडि चाेटका कारण हालेपले अस्ट्रेलियन ओपन छनोट नखेल्ने भारतीय खेलाडीले किन बाँधे कालो पट्टी ? किंग्स क्रिकेट एकेडेमीको दोहोरो जित जुनियरमा पनि नेपालको प्रदर्शन निराशाजनक मछिन्द्रको सानदार सुरुआत निरज च्याम्पियन लुम्बिनी कप महिला फुटबल हुनु देशकै लागि खुसीको कुरा होः मन्त्री चौधरी टिम इभेन्टमा वडा-७ लाई स्वर्ण चर्च ब्वाइजको पुनरागमन जित भारत ३१० रनले पछाडि चाेटका कारण हालेपले अस्ट्रेलियन ओपन छनोट नखेल्ने भारतीय खेलाडीले किन बाँधे कालो पट्टी ?

मलेसियालाई तीन स्वर्ण

मिक्स युगलका पदक विजेता ।

काठमाडौं । नेपाल ब्याडिमिन्टन संघको आयोजनाकमा सम्पन्न योनेक्स सनराइज नेपाल इन्टरनेसनल च्यालेन्ज २०२४ मा मलेसियाले तीन स्वर्ण पदक प्राप्त गरेको  छ ।

मलेसियाले पुरुष युगल, महिला युगल र मिक्स युगलतर्फ स्वर्ण पदक जित्यो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार पुरुष युगलतर्फ मलेसियाका लाउ यी शेङ्ग र ली यी बोको जोडीले भारतका च्यानित जोशी र मायांक रानाको जोडीलाई २१-१४, २१-२३, २१-१७ ले पराजित गर्यो ।

यस्तै महिला युगलतर्फ किसोना सेल्भादुरे र याप रु चेनको जोडीले थाइल्यान्डका कोडचापोर्न चाईचाना र पन्नवी पोलियमको जोडीलाई २१-१३, २१-१४ तथा  मिस्क युगल तर्फ लाउ यी शेङ्ग र याप रु चेनको जोडीले थाइल्यान्डका नोन्ताकोर्न थोङ्ग अन र कोड्चापोर्न चाईचानाको जोडीलाई २१-१८, २१-११ ले हराए  ।

यसैगरी पुरुष एकलतर्फ भारतका मेरादबा लुवाङ्ग मैसनामले भारतकै बिएम राहुल भारद्वाजलाई २१-१७, २१-१६ ले पराजित गर्दै स्वर्ण जिते ।

थाइल्यान्डकी ललिनरात चाईवानले भारतकी इरा शर्मालाई २२-२०, २१-१२ ले पराजित गर्दै महिला एकलतर्फ स्वर्ण पदक चुमिन् ।

प्रत्येक विधाका शीर्ष तीनले १ हजार २००, ७२० र ३०० अमेरिकी डलर प्राप्त गरे ।

विश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एसियाको स्विकृती प्राप्त प्रतियोगितामा नेपालसहित २२ देशका १७४ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19