माघ १७, २०८२ शनिबार | ०९:४४:५४
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

जुनियरमा पनि नेपालको प्रदर्शन निराशाजनक

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको योनेक्स सनराईज नेपाल जुनियर इन्टरनेसनल सिरिजमा नेपाली खेलाडीले निरासाजनक प्रदर्शन गरेका छन् ।  

योनेक्स सनराईज, सिंगापुरको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको पहिलो दिन मिक्स युगलको अन्तिम-३२ मा नेपालका कविर महर्जन र रिहान शेरचन भारतका योगांश सिंह र वर्णप्रभु आनन्दको जोडीसँग १४-२१, १५-२१ ले पराजित  भए ।

यसैगरी पुरुष एकतर्फ पनि नेपाली खेलाडीको प्रदर्शन बिर्सन लायक भयो । सक्षम ढकाल भारतका खेलाडी ध्यान सन्तोषसँग २१-८, २१-८ ले परातिज भए । यस्तै सुबिन श्रेष्ठ (बी) भारतका अंश नेगीसँग २१-१०, २१-१२, सुप्रिम पन्त भारतकै साइ रिसवन्त लाडेसँग २१-१६, २१-१७, कविर केसी भारतका दिपांशुसँग २१-१६, २१-१५ ले पराजित भए ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकलको अन्तिम ३२ मा रक्षा फगामी बंगलादेशकी जरिना इकवाल मोहनासँग १८-२१, २१-१२, २१-७ ले पराजित भइन् । यस्तै स्वर्लिन श्रेष्ठ भारतकी हसिनी बर्मा कोन्दुरुसँग २१-१२, २१-७, रिहाना शेरचन भारतकी दिया भिमैयासँग २१-८, २१-९, श्रीया बज्राचार्य भारतकी बरुनी पर्सवालसँग २१-६, २१-१३ ले निरास बने । 

यसैगरी अन्तिम १६ मा दिलाशा रानाले थाइल्यान्डकी पिमचानोक सुत्तीविरियाकुलसँग २१-१२, २१-६, निभा राईले भारतकी इशिता नेगीसँग २१-६, २१-८ तथा टिशा रानी शाक्यले थाइल्यान्डकी पिराया वेचावाङ्गसँग २१-९, २१-४ को हार बेहोरे । 

पुरुष युगलतर्फ अरुण अधिकारी र सौर्य महर्जनको जोडी भारतका भाव्य चाबरा र परम चौधरीको जोडीसँग २१-११, २१-१० र कविर केसीर सुविन श्रेष्ठ (बी) को जोडी भारतकै सिलालराम र सौरभ साउसँग २१-१०, २१-१९ ले पराजित हुन पुगे ।

यता महिला युगलतर्फ दिलाशा राना र रिहाना शेरचन भारतका अक्षिता मनरल र वर्णप्रभु आनन्दसँग २१-१०, २१-१०, रक्षा फगामी र आस्ना श्रेष्ठको पनि भारतकै इशिता नेगी र भान्सिका ठाकुरको जोडीसँग २१-६, २१-५ तथा श्रीया बज्राचार्य र निभा राई थाइल्यान्डका सुनिशा लेकजुरा र अनन्या नापालाइको जोडीसँग २१-११, २१-५ ले पराजित भए ।

तीन दिने सिरिजमा नेपाल सहित भारत, न्युजिल्यान्ड, मलेसिया, थाइल्यान्ड, इरान, युनाइटेड अरब ईमिरेट्स (युएई) का खेलाडी सहभागी छन् ।

सिरिजमा पुरुष/महिला एकल तथा युगल र मिक्स युगल गरि पाँच विधामा ९९ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।