चैत्र ७, २०८२ शनिबार | २०:१४:०५
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

जुनियरमा पनि नेपालको प्रदर्शन निराशाजनक

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको योनेक्स सनराईज नेपाल जुनियर इन्टरनेसनल सिरिजमा नेपाली खेलाडीले निरासाजनक प्रदर्शन गरेका छन् ।  

योनेक्स सनराईज, सिंगापुरको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको पहिलो दिन मिक्स युगलको अन्तिम-३२ मा नेपालका कविर महर्जन र रिहान शेरचन भारतका योगांश सिंह र वर्णप्रभु आनन्दको जोडीसँग १४-२१, १५-२१ ले पराजित  भए ।

यसैगरी पुरुष एकतर्फ पनि नेपाली खेलाडीको प्रदर्शन बिर्सन लायक भयो । सक्षम ढकाल भारतका खेलाडी ध्यान सन्तोषसँग २१-८, २१-८ ले परातिज भए । यस्तै सुबिन श्रेष्ठ (बी) भारतका अंश नेगीसँग २१-१०, २१-१२, सुप्रिम पन्त भारतकै साइ रिसवन्त लाडेसँग २१-१६, २१-१७, कविर केसी भारतका दिपांशुसँग २१-१६, २१-१५ ले पराजित भए ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकलको अन्तिम ३२ मा रक्षा फगामी बंगलादेशकी जरिना इकवाल मोहनासँग १८-२१, २१-१२, २१-७ ले पराजित भइन् । यस्तै स्वर्लिन श्रेष्ठ भारतकी हसिनी बर्मा कोन्दुरुसँग २१-१२, २१-७, रिहाना शेरचन भारतकी दिया भिमैयासँग २१-८, २१-९, श्रीया बज्राचार्य भारतकी बरुनी पर्सवालसँग २१-६, २१-१३ ले निरास बने । 

यसैगरी अन्तिम १६ मा दिलाशा रानाले थाइल्यान्डकी पिमचानोक सुत्तीविरियाकुलसँग २१-१२, २१-६, निभा राईले भारतकी इशिता नेगीसँग २१-६, २१-८ तथा टिशा रानी शाक्यले थाइल्यान्डकी पिराया वेचावाङ्गसँग २१-९, २१-४ को हार बेहोरे । 

पुरुष युगलतर्फ अरुण अधिकारी र सौर्य महर्जनको जोडी भारतका भाव्य चाबरा र परम चौधरीको जोडीसँग २१-११, २१-१० र कविर केसीर सुविन श्रेष्ठ (बी) को जोडी भारतकै सिलालराम र सौरभ साउसँग २१-१०, २१-१९ ले पराजित हुन पुगे ।

यता महिला युगलतर्फ दिलाशा राना र रिहाना शेरचन भारतका अक्षिता मनरल र वर्णप्रभु आनन्दसँग २१-१०, २१-१०, रक्षा फगामी र आस्ना श्रेष्ठको पनि भारतकै इशिता नेगी र भान्सिका ठाकुरको जोडीसँग २१-६, २१-५ तथा श्रीया बज्राचार्य र निभा राई थाइल्यान्डका सुनिशा लेकजुरा र अनन्या नापालाइको जोडीसँग २१-११, २१-५ ले पराजित भए ।

तीन दिने सिरिजमा नेपाल सहित भारत, न्युजिल्यान्ड, मलेसिया, थाइल्यान्ड, इरान, युनाइटेड अरब ईमिरेट्स (युएई) का खेलाडी सहभागी छन् ।

सिरिजमा पुरुष/महिला एकल तथा युगल र मिक्स युगल गरि पाँच विधामा ९९ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो