चैत्र १३, २०८२ शुक्रबार | ०२:१७:११
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

सबै विधाको उपाधिका लागि भारतीय खेलाडीबीच प्रतिस्पर्धा हुने

काडमाडौं ।  योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेसनल सिरिजको पाँच वटै विधाको फाइनलमा भारतीय खेलाडीबीच मात्रै प्रतिस्पर्धा हुने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार पुरुष एकलतर्फ अंश नेगीले साइप्रसाद तिगलालाई २४-२२, २९-२७ ले पराजित गर्दै फाइनल यात्रा तय गरे । अंशले सूर्यक्ष रावतसँग उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् । सूर्यक्षले विश्वजित चौधरीलाई २४-२२, २१-१२ ले पराजित गरेका थिए ।

महिला एकलतर्फ पारु चौधरीले इशिता नेगीलाई २१-१८, २१-१३ ले हराउँदै फाइनल प्रवेश गरिन् । पारुले उपाधीका लागि मेधावी नागरको सामना गर्नेछिन् । नागरले दिया भिमैयालाई २१-१२, २१-१८ ले पराजित गर्दै फाइनल यात्रा तय गरेकी हुन् ।

मिक्स युगलतर्फ गर्व शानी र इशिता नेगीको जोडीले सौरभ साहु र प्रगती परिदाको जोडीलाई २१-१९, २२–२० ले पराजित गर्दै फाइनल पुगे । अर्को सेमिफाइनलमा भाब्य छावरा र आङ्गेल पुनिराको जोडीले बिजोन जैसन र आन्या विष्टको जोडीलाई २३-२५, २१-१५, २१-१९ ले  हराउँदै फाइनलमा स्थान पक्का गरे ।

पुरुष युगलतर्फ भाव्य छाबरा र परम चौधरीको जोडीले फाइनल यात्रा तय गरेका छन्  । यो जोडीले दभ्यांश रावत र योगांश सिंहको जोडीलाई २१-१२, २१-११ ले पराजित गरेका हुन् । अर्को खेलमा दिभ्यांस अग्रवाल र निरज केशरीको जोडीले सी लालरामसंग र सौरभ साहुको जोडीलाई २१-१७, २१-१६ ले पराजित गर्दै फाइनल पुगे ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा भारतका ६०, नेपालका १६, थाइल्यान्डका १०, युएइका चार, इरानका तीन, न्युजिल्याल्यान्डका दुई तथा मलेसिया, अस्ट्रेलिया, बंगलादेश र इन्डोनेसियाका समान एक खेलाडीको सहभागिता थियो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो