माघ १७, २०८२ शनिबार | २१:२१:३७
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

सबै विधाको उपाधिका लागि भारतीय खेलाडीबीच प्रतिस्पर्धा हुने

काडमाडौं ।  योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेसनल सिरिजको पाँच वटै विधाको फाइनलमा भारतीय खेलाडीबीच मात्रै प्रतिस्पर्धा हुने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार पुरुष एकलतर्फ अंश नेगीले साइप्रसाद तिगलालाई २४-२२, २९-२७ ले पराजित गर्दै फाइनल यात्रा तय गरे । अंशले सूर्यक्ष रावतसँग उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् । सूर्यक्षले विश्वजित चौधरीलाई २४-२२, २१-१२ ले पराजित गरेका थिए ।

महिला एकलतर्फ पारु चौधरीले इशिता नेगीलाई २१-१८, २१-१३ ले हराउँदै फाइनल प्रवेश गरिन् । पारुले उपाधीका लागि मेधावी नागरको सामना गर्नेछिन् । नागरले दिया भिमैयालाई २१-१२, २१-१८ ले पराजित गर्दै फाइनल यात्रा तय गरेकी हुन् ।

मिक्स युगलतर्फ गर्व शानी र इशिता नेगीको जोडीले सौरभ साहु र प्रगती परिदाको जोडीलाई २१-१९, २२–२० ले पराजित गर्दै फाइनल पुगे । अर्को सेमिफाइनलमा भाब्य छावरा र आङ्गेल पुनिराको जोडीले बिजोन जैसन र आन्या विष्टको जोडीलाई २३-२५, २१-१५, २१-१९ ले  हराउँदै फाइनलमा स्थान पक्का गरे ।

पुरुष युगलतर्फ भाव्य छाबरा र परम चौधरीको जोडीले फाइनल यात्रा तय गरेका छन्  । यो जोडीले दभ्यांश रावत र योगांश सिंहको जोडीलाई २१-१२, २१-११ ले पराजित गरेका हुन् । अर्को खेलमा दिभ्यांस अग्रवाल र निरज केशरीको जोडीले सी लालरामसंग र सौरभ साहुको जोडीलाई २१-१७, २१-१६ ले पराजित गर्दै फाइनल पुगे ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा भारतका ६०, नेपालका १६, थाइल्यान्डका १०, युएइका चार, इरानका तीन, न्युजिल्याल्यान्डका दुई तथा मलेसिया, अस्ट्रेलिया, बंगलादेश र इन्डोनेसियाका समान एक खेलाडीको सहभागिता थियो ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।