माघ १८, २०८२ आइतबार | २३:२१:०१
अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित

एकलतर्फ सूर्यक्ष र पारुललाई स्वर्ण

सांकेतिक तस्बिर

काठमाडौं । योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेसनल सिरिजको एकलमा पुरुषतर्फ सूर्यक्ष रावत र महिलातर्फ पारुल चौधरीले स्वर्ण पदक जितेका छन् ।

भारतिय खेलाडीको दबदबा रहेको प्रतियोगिताको  सूर्यक्षले अंश नेगीलाई २१-१७, २१-१८ तथा पारुलले मेधावी नागरलाई २१-१७, २१-१६ ले पराजित गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ( राखेप) को कभर्डहलमा आइतबार सम्पन्न प्रतियोगिताको पुरुषतर्फ साईप्रसाद तिगला र विश्वजित चौधरी तथा महिलातर्फ इशिता नेगी र दिया भिमैयाले कांस्य पदक जिते ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला युगलतर्फको उपाधी आन्या विष्ट र एन्जल पुनेराले ले जिते ।  उक्त जोडीले दिया भिमैया र वरुणी पर्सवाललाई २१-१४, २१-१८ ले पराजित गरे । इशिता नेगी र भान्सिका ठाकुर तथा जेनिथ अब्बिगिल र तारिनी सुरीको जोडी तेस्रो स्थानमा रहे ।

पुरुष युगलतर्फको फाइनलमा भाव्य छाबरा र परम चौधरीको जोडीले  दिभ्यांस अग्रवाल र निरज केशरीको जोडीलाई २१-१७, २१-१५ ले हराए । तेश्रो स्थानमा दभ्यांश रावत र योगांश सिंहको जोडी तथा सी। लालरामसंग र सौरभ साहुको जोडी रहे।

मिक्स युगलतर्फ भाव्य छाबरा र एन्जल पुनेराको जोडीले गर्भ सानी र ईशिता नेगीको जोडीलाई २१-१३, २१-१४ ले पराजित गर्दै उपाधीमा आफ्नो नाम लेखाए । सौरभ साहु र प्रगती परिदा तथा विजोन जैसन र आन्या विष्टको जोडीले तेस्रो स्थान हासिल गरे ।  

विजेताले मेडल तथा प्रमाण पत्र प्राप्त गरे । प्रतियोगितामा भारतका ६०, नेपालका १६, थाइल्यान्डका १०, युएइका चार, इरानका तीन, न्युजिल्याल्यान्डका दुई तथा मलेसिया, अस्ट्रेलिया, बंगलादेश र इन्डोनेसियाका समान एक खेलाडीको सहभागिता थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।