असार ८, २०८२ आइतबार | ०८:५०:२७
इन्टर मिलानले उरावा रेडलाई हरायो डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन इन्टर मिलानले उरावा रेडलाई हरायो डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन

शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबार हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता आगामी सोमबार हुने भएको छ ।

शहिद स्मृति स्पोर्टस एकेडेमीको आयोजनामा पहिलो पटक हुन लागेको प्रतियोगितामा पाँच प्रदेश र दुई विभागीय गरि सात टोलीको सहभागिता रहने आयोजकले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो ।

नेपाल रग्बी संघको प्राविधिक सहयोगमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा विभायीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफले प्रतिस्पर्धा गर्नेछन् ।

च्याम्पियनसिपकी संयोजक तथा नेपाल रग्बी संघकी कोषाध्यक्ष दीपक अधिकारीले गण्डकी र लुम्बिनीले तयारी नपुगेकका कारण प्रतियोगिताा भाग नलिएको जानकारी दिए । ‘हामीले प्रतियोगितामा सहभागिताका लागि सातवटै प्रदेशलाई पत्रचार गरेका थियौं । तर, गण्डकी र लुम्बिनीले तयारीको अभावको कारण देखाउँदै सहभागिता जनाएनन्,’ अधिकारीले भने ।

अधिकारीले देशका सातै प्रदेशमा नेपाल स्कुल रग्बी आयोग गठन गरेको र ग्रासरुट स्तरबाट खेलको विकास गर्ने उद्देश्यले विभिन्न विद्यालयमा नियमित प्रशिक्षण सञ्चालन गरिरहेको पनि जानकारी दिए ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई सात हजार रुपैयाँ प्रदान गरिनेछ ।

यसैगरी खेल अवधिभर सहभागी खेलाडीको १ लाख २५ हजार बराबरको खेल दुर्घटना विमा पनि गरिएको छ ।

शहिद स्मारक खेलकुद प्रतिष्ठानका कोषाध्यक्ष बालकुमार केसीका अनुसार संस्थाले सम्बन्धित खेल संघसँग समन्वयन गरेर यस आर्थिक वर्षमा रग्बी, ब्याडमिन्टन, तेक्वान्दो र फुटसलको राष्ट्रिय स्तरका प्रतियोगिताहरू सञ्चालन गर्नेछ ।  उनले आगामी वर्ष पनि निरन्तरता दिने उदेश्यले नै प्रतियोगिता सुरुआत गर्न लागेको बताए ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team