मंसिर २७, २०८२ शनिबार | ०४:३५:२६
एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत

शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबार हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता आगामी सोमबार हुने भएको छ ।

शहिद स्मृति स्पोर्टस एकेडेमीको आयोजनामा पहिलो पटक हुन लागेको प्रतियोगितामा पाँच प्रदेश र दुई विभागीय गरि सात टोलीको सहभागिता रहने आयोजकले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो ।

नेपाल रग्बी संघको प्राविधिक सहयोगमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा विभायीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफले प्रतिस्पर्धा गर्नेछन् ।

च्याम्पियनसिपकी संयोजक तथा नेपाल रग्बी संघकी कोषाध्यक्ष दीपक अधिकारीले गण्डकी र लुम्बिनीले तयारी नपुगेकका कारण प्रतियोगिताा भाग नलिएको जानकारी दिए । ‘हामीले प्रतियोगितामा सहभागिताका लागि सातवटै प्रदेशलाई पत्रचार गरेका थियौं । तर, गण्डकी र लुम्बिनीले तयारीको अभावको कारण देखाउँदै सहभागिता जनाएनन्,’ अधिकारीले भने ।

अधिकारीले देशका सातै प्रदेशमा नेपाल स्कुल रग्बी आयोग गठन गरेको र ग्रासरुट स्तरबाट खेलको विकास गर्ने उद्देश्यले विभिन्न विद्यालयमा नियमित प्रशिक्षण सञ्चालन गरिरहेको पनि जानकारी दिए ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई सात हजार रुपैयाँ प्रदान गरिनेछ ।

यसैगरी खेल अवधिभर सहभागी खेलाडीको १ लाख २५ हजार बराबरको खेल दुर्घटना विमा पनि गरिएको छ ।

शहिद स्मारक खेलकुद प्रतिष्ठानका कोषाध्यक्ष बालकुमार केसीका अनुसार संस्थाले सम्बन्धित खेल संघसँग समन्वयन गरेर यस आर्थिक वर्षमा रग्बी, ब्याडमिन्टन, तेक्वान्दो र फुटसलको राष्ट्रिय स्तरका प्रतियोगिताहरू सञ्चालन गर्नेछ ।  उनले आगामी वर्ष पनि निरन्तरता दिने उदेश्यले नै प्रतियोगिता सुरुआत गर्न लागेको बताए ।


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II