काठमाडौं । बंगलादेश क्रिरा सिख्रा प्रोतिष्ठान (बिकेएसपी) जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।
मे २५ देखि २६ सम्म हुने प्रतियोगितामा १२ खेलाडीसहित १४ सदस्यीय टोलीले सहभागिता जनाउने छ ।
पुरुष ४५ केजीमुनिमा रिवाज लामा तामाङ, ५० केजीमुनिमा सभर पौडेल, ५५ केजीमुनिमा बुद्ध गुरुङ, ६० केजीमुनिमा सविनकुमार दियाली, ६६ केजीमुनिमा विशेष विक, ७३ केजीमुनिमा प्रयास तामाङ र ७३ केजीमाथिमा विज्ञान तिखत्रीले प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी महिला ४४ केजीमुनिमा समिता नेपाली, ४८ केजीमुनिमा निशा श्रेष्ठ, ५२ केजीमुनिमा विनिता नेपाली, ५७ केजीमुनिमा पेमा याङजी शेर्पा र ६३ केजीमुनिमा रेखा श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
प्रशिक्षकमा राधादेवी राई र लक्ष्मी तामाङ छन् । राधाले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गर्ने नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जानकारी दिए ।
टोलीलाई सराष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बिहीबारै बिदाइ गरे ।