कार्तिक १४, २०८२ शुक्रबार | ००:५९:५१
एनएसपिएल: काठमाडौं किंग्सको जर्सी र ‘एन्थम’ सार्वजनिक युगान्डाका अल्पेश रामजानी चितवनमा अनुबन्ध समीक्षा घिमिरेले पनि बंगलादेशको नासरिन स्पोर्टस एकेडेमीबाट खेल्ने नेपाल युएईसँग पराजित मिलिन्डले काठमाडौंबाट एनपिएल खेल्ने रोहितको शतकमा युएईलाई २३४ रनको लक्ष्य युएईविरुद्ध कप्तान रोहितको शतक ए डिभिजन क्लब, एन्फा र खेलकुद मन्त्रालयको बैठक जारी लिग सञ्चालनका लागि सरकारको सहयोग अपेक्षा गरेका छौः एन्फा महासचिव किरण राई अध्यक्ष नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष खड्काको स्पष्टीकरणः तपाईं स्वयम साधारणसभाप्रति उत्तरदायी हुनुहुन्न एनएसपिएल: काठमाडौं किंग्सको जर्सी र ‘एन्थम’ सार्वजनिक युगान्डाका अल्पेश रामजानी चितवनमा अनुबन्ध समीक्षा घिमिरेले पनि बंगलादेशको नासरिन स्पोर्टस एकेडेमीबाट खेल्ने नेपाल युएईसँग पराजित मिलिन्डले काठमाडौंबाट एनपिएल खेल्ने रोहितको शतकमा युएईलाई २३४ रनको लक्ष्य युएईविरुद्ध कप्तान रोहितको शतक ए डिभिजन क्लब, एन्फा र खेलकुद मन्त्रालयको बैठक जारी लिग सञ्चालनका लागि सरकारको सहयोग अपेक्षा गरेका छौः एन्फा महासचिव किरण राई अध्यक्ष नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष खड्काको स्पष्टीकरणः तपाईं स्वयम साधारणसभाप्रति उत्तरदायी हुनुहुन्न
शनिबारको दिन आइपिएल

आइपिएलः शीर्ष दुईको होडमा तीव्र प्रतिस्पर्धा

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को लिग चरणमा अब धेरै खेल बाँकी छैन । अब मे २७ मंगलबार दिन लिग चरणको अन्तिम खेल हुनेछ । यो रहनेछ ७०औं खेल अनि मे २९ देखि प्लेअफको खेल हुनेछ ।

अहिलेसम्म प्लेअफ पुग्ने चार टिमको निर्णय त भइसकेको छ । तर त्यसमध्ये को अगाडि र को पछाडि रहने टिमबारे भने स्पष्ट चित्र आएको छैन ।

दिल्ली क्यापिटल्स विरुद्ध विकेट लिएपछि खुसीयाली मनाउँदै मुम्बई इन्डियन्सका खेलाडी । 

प्लेअफ पुग्न सफल चार टिम हुन् गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेङ्लुरु, पन्जाब किंग्स र मुम्बई इन्डियन्स । भारत र पाकिस्तानबीचको तनावबीच प्रतियोगिता रोकिनु अगाडि नै यिनै टिम अन्तिम चारमा पुग्ने छाँट देखिसकेको थियो । आखिरमा यस्तै भयो । धेरै तलमाथि केही पनि भएन ।

अहिलेसम्मको खेल हेर्ने हो भने गुजरात र  बेङ्लुरु नै शीर्ष दुई स्थानका लागि बलियो प्रत्याशी देखिएका छन् । 

फेरि प्रतियोगिता सुरु भएपछि दिल्ली क्यापिटल्स, लखनउ सुपर जायन्ट्स र कोलकाता नाइट राइडर्सको सम्भावना पनि समाप्त भएको थियो । अझ त्यसभन्दा अगाडि नै सनराइजर्स हैदराबाद, राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सको चुनौती सकिएको थियो । यी तीन टिमले सबैलाई निराश पारे भन्दा हुन्छ ।

रोयल च्यालेन्जर्स बेङ्लुरु र पञ्जाव किंग्स प्रतिस्पर्धा गर्दै । 

खास भन्ने हो भने अबको होड भनेकै शीर्ष दुई स्थानका लागि हो । किनभने यो स्थानमा रहन सक्यो भने टिमको फाइनल खेल्न सक्ने सम्भावना बढी हुन्छ । त्यो भनेको पहिलो क्वालिफायर भयो । सम्भवतः अहिलेसम्मको खेल हेर्ने हो भने गुजरात र  बेङ्लुरु नै शीर्ष दुई स्थानका लागि बलियो प्रत्याशी देखिएका छन् । भलै, शीर्ष चार टिमबीचको अन्तर निकै कम छ ।

मुम्बई अहिले तत्कालका लागि चौथो स्थानमा छ । यही टिमसामु पनि शीर्षस्थान हात पार्न सक्ने अवसर छ । त्यसैले अहिले नै केही भन्न सकिन्न । आज शनिबार गुजरात र चेन्नई, त्यसपछि आइतबार कोलकाता र हैदराबाद, सोमबार मुम्बई र पन्जाब तथा मंगलबार लखनउ र  बेङ्लुरु भिड्दै छन् ।

क्वालिफायर वान र टु मात्र होइन, इलिमिनेटरमा पनि कडाभन्दा कडा प्रतिस्पर्धा चल्ने निश्चित छ । 

यसपल्टको प्रतियोगिताको एउटा ठूलो विशेषता के रह्यो भने प्लेअफ खेल्ने टिमको निर्णय अलिकति चाँडै भयो । त्यसैले लिग चरणका खास खेल खाली औपचारिक मात्र पनि रह्यो । ती खेलको नतिजाले प्रतियोगितामा खासै प्रभाव पारेन । त्यसैले अलिकति नरमाइलो भयो कि भन्ने पनि छ । तर होइन, शीर्ष चारका लागि जुन होड देखियो, त्यसले प्रतियोगिताको रौनकता बेग्लै भयो भन्ने पनि छ ।

रोयल च्यालेन्जर्स बेङ्लुरुविरुद्ध विकेट लिएपछि खुसीयाली मनाउँदै गुजरातका मोहम्द सिराज ।

यो भयो, प्रतियोगितालाई हेर्ने आ-आफ्नो नजर । एउटा तथ्य के निश्चित छ भने प्लेअफमा तिनै टिम पुगेका छन्, जसले पूरा प्रतियोगितामै सबैभन्दा राम्रो खेलेका छन् । त्यसैले क्वालिफायर वान र टु मात्र होइन, इलिमिनेटरमा पनि कडाभन्दा कडा प्रतिस्पर्धा चल्ने निश्चित छ । अब प्रतियोगिताको ध्यान खिच्ने भनेको यही चरणले हो ।