जेष्ठ ११, २०८२ शनिबार | ०७:२१:०७
खोइ फुटबल, क्यालेन्डरमा हेर ! ‘ए’ डिभिजनमा श्री भगवतीको छलाङ उपत्यका फुटबलमा गोदावरी मेयरकपले कोरेको मार्गचित्र नयाँ उर्जा बोकेर स्कटल्यान्डमा लिग-२ खेल्दै नेपाल आइपिएलः शीर्ष दुईको होडमा तीव्र प्रतिस्पर्धा आत्मकथा शृंखला– ‘पहिले भोगटेको बल बनाएर फुटबल खेल्थ्यौं’ अँध्यारोमा युनाइटेड शुक्रलाई कोर्स रेकर्डसहित उपाधि एपिएफ पराजित नेपाली युवा टेनिस टोली श्रीलंका जाने खोइ फुटबल, क्यालेन्डरमा हेर ! ‘ए’ डिभिजनमा श्री भगवतीको छलाङ उपत्यका फुटबलमा गोदावरी मेयरकपले कोरेको मार्गचित्र नयाँ उर्जा बोकेर स्कटल्यान्डमा लिग-२ खेल्दै नेपाल आइपिएलः शीर्ष दुईको होडमा तीव्र प्रतिस्पर्धा आत्मकथा शृंखला– ‘पहिले भोगटेको बल बनाएर फुटबल खेल्थ्यौं’ अँध्यारोमा युनाइटेड शुक्रलाई कोर्स रेकर्डसहित उपाधि एपिएफ पराजित नेपाली युवा टेनिस टोली श्रीलंका जाने
शनिबारको दिन

उपत्यका फुटबलमा गोदावरी मेयरकपले कोरेको मार्गचित्र

काठमाडौं । बालगोपाल महर्जन, रितेश थापा, कुमार थापा, राजेश शाही, नवीन न्यौपाने, हरि खड्का, राकेश श्रेष्ठ, सागर थापा, सुनिल तुलाधर, जीवेश पाण्डे, सुरेन्द्र तामाङ, दीपक लामा, नारायण मानन्धर, शुक्र तामाङ, अनन्त थापा, रमेश बुढाथोकी अनि उज्ज्वल मानन्धर ।

माथि उल्लेखित १८ खेलाडीले कुनै बेला मुख्य प्रशिक्षक कृष्ण थापाको नेतृत्वमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलेका थिए । यो त्यही टोली हो, जसले दक्षिण कोरियामा २००३ मा एएफसी एसियन कप छनोटको दोस्रो चरण खेलेको थियो । तर, २२ वर्षअघिको यो प्रसंग अहिले किन ?

यो टोलीले नेपाली फुटबल इतिहासमा केही खास अर्थ राख्छ । १८ खेलाडीमध्ये १४ जना काठमाडौं उपत्यकाका स्थायी वासिन्दा हुन् । रितेश, सुरेन्द्र, हरि र दीपकबाहेक अन्य सबै उपत्यकाको फुटबल संस्कारमा हुर्केका हुन् । रितेश र सुरेन्द्र इटहरी, हरि झापा, दीपक मकवानपुर अनि अनन्तले विराटनगरबाट आधारभूत फुटबल शिक्षा प्राप्त गरेका थिए । बाँकीले सांस्कृतिक सम्पदा र फुटबल भावनाले धनी उपत्यकाको गल्ली गल्लीमा बल हान्न सिकेका थिए ।

दक्षिण कोरियामा सम्पन्न एएफसी एसियन कप छनोट २००४ को दोस्रो चरण खेल अन्तर्गत आयोजक दक्षिण कोरियाविरुद्ध उत्रिएको नेपाली टोली, तस्वीर सौजन्यः जीवेशकुमार पाण्डे ।

खासमा चर्चा यहाँ राष्ट्रिय टोलीमा काठमाडौंका खेलाडीको दादागिरीको हो । कुनै बेला थियो, राष्ट्रिय टोलीमा उपत्यकाका खेलाडीको बाहुल्य रहने गथ्र्यो । अन्तर्राष्ट्रिय फुटबलमा नेपालका पहिलो कप्तान रुपकराज शर्माको पुस्तादेखि विज्ञानराज शर्मा, विराटजंग शाही अनि मणि शाह, उमेश प्रधान, दीपक अमात्य, बालगोपाल महर्जन, उपेन्द्रमान सिंहसम्मको पुस्तासम्म । उपत्यकाका खेलाडीको हालीमुहाली हुन्थ्यो । यतिसम्म कि पूर्वेलीहरू फुटबलको नियामक निकायलाई आरोप लगाउने गर्थे । उनीहरू भन्थे, ‘हामीलाई भेदभाव गरियो ।’

प्रदीप, विजयपछि निराजन खड्का, सन्दीप राईहरूको ब्याच आयो । पछि–पछि थिए, पूर्व कप्तान विराज महर्जन, भरत खवास र शिशिर अधिकारीहरू । आ–आफ्नो समयमा यी सबै नामले तहल्का मच्चाए । एन्फा एकेडेमीबाट दीक्षित भएर नेपाली फुटबलमा राज गर्ने अबको पालो थियो, राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ, उपकप्तान रोहित चन्द, नीराजन मल्ल, विमल घर्तीमगर, अञ्जन बिष्ट, अनन्त तामाङहरूको । 

रुपकराज शर्मायता उपत्यकाबाट दीपक (अमात्य), उपेन्द्रमान, बालगोपाल, राकेश श्रेष्ठ, सागर थापा अनि पछिल्लो पुस्तासम्म आइपुग्दा विराज महर्जनले राष्ट्रिय टोलीको नेतृत्व गरे ।

चार वर्षअघि राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न थ्री नेसन्स कपको फाइनलमा विराजले अन्तर्राष्ट्रिय खेलजीवनबाट संन्यास लिए । किर्गिस्तानको यु-२३ टोली, बंगलादेश र नेपालसम्मिलित प्रतियोगितामा नेपालले फाइनलमा बंगलादेशलाई २-१ ले हराएको थियो । विराज खेलको ८९औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए । खेलपछि विराजलाई खेलाडीले काँधमा राखेर रंगशाला परिक्रमा गराएका थिए । परिक्रमासँगै अन्त्य भयो, राष्ट्रिय टोलीमा काठमाडौंको फुटबल वंशावली ।

बंगलादेशलाई हराउँदै थ्री नेसन्स कप फुटबल च्याम्पियनसिपको उपाधि जितेपछि मुख्य प्रशिक्षक बालगोपाल महर्जन(बाँया) र विराज महर्जन (दायाँ), तस्वीर सौजन्यः एन्फा ।

राष्ट्रिय टोलीमा अचेल उपत्यकाका खेलाडी पर्न छाडेका छन् । पछिल्लो समय बाँसबारीको फुटबल माहोलमा हुर्केका मिडफिल्डर एरिक विष्ट एक्लैले उपत्यकाको विरासत थेगिरहेका छन् । यद्यपि रक्षक सनिश श्रेष्ठ र मिडफिल्डर मणिकुमार लामा उपत्यकामै हुर्केबढेका हुन् । भक्तपुर नगदेशका कृतिशरत्न छुन्जुले अन्तर्राष्ट्रिय डेब्यु गर्न बाँकी छ । अन्य खेलाडी काठमाडौं बाहिरका हुन् ।

राष्ट्रिय टोलीमा उपत्यकाको दादागिरी सन् २००३ पछि विस्तारै सेलाउन थालेको बुझ्न सकिन्छ । १९९७ तिर एन्फा एकेडेमीको पहिलो ब्याच सुरु गरिएको थियो । २००५ सम्म आइपुग्दा प्रदीप महर्जन, लोकबन्धु गुरुङ, विजय गुरुङ, प्रलयराज भण्डारी र अञ्जन केसी जस्ता एकेडेमीको उत्पादनले राष्ट्रिय टोलीमा स्थान बनाइसकेको थियो । देशव्यापी खुला छनोटबाट सम्भावना बोकेका किशोर खेलाडीले होस्टलमै बसेर पढ्ने, खाने र स्कुल जाने अनि फुटबल खेल्ने गर्थे । जसले गर्दा उमेर समूह हुँदै राष्ट्रिय टोलीसम्म आइपुग्न यी खेलाडीलाई केही हदसम्म अन्य खेलाडीभन्दा सहज भयो ।

प्रदीप, विजयपछि निराजन खड्का, सन्दीप राईहरूको ब्याच आयो । पछि–पछि थिए, पूर्व कप्तान विराज महर्जन, भरत खवास र शिशिर अधिकारीहरू । आ–आफ्नो समयमा यी सबै नामले तहल्का मच्चाए । एन्फा एकेडेमीबाट दीक्षित भएर नेपाली फुटबलमा राज गर्ने अबको पालो थियो, राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ, उपकप्तान रोहित चन्द, नीराजन मल्ल, विमल घर्तीमगर, अञ्जन बिष्ट, अनन्त तामाङहरूको । यही सेरोफेरोमा उपत्यकाको जगजगी हराउन पुगेको हो ।

दुई वर्षअगाडि जेठमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सन्नी र अनिलले थ्रीस्टार क्लब, राजीवले एफसी खुमलटार र असिमले फ्रेन्ड्स क्लबबाट खेलेका थिए । 

उमेर समूहमा नेपालको नेतृत्व गर्दै विमल घर्ती मगर

आधुनिकीरण र सहरीकरणका कारण २०५० सालपछि जन्मेका बच्चाहरूले आफ्नो किशोरावस्थामा फुटबललाई चाहेर पनि अँगाल्न नसकेको बुझ्न सकिन्छ । खाली मैदान र बाँझो खेतमा भवन ठड्याइए, बाँझो खेतहरू प्लटिङमा परिवर्तन भए । उपत्यका बाहिरको कथा भने अर्कै थियो । यद्यपि काठमाडौंका किशोरहरूले एन्फा ब्याचमा स्थान बनाउनै नसकेको भने होइन । २०६७ सालमा एरिक विष्टसम्मिलित ब्याच तयार गरिएको थियो । जहाँ केही आसलाग्दा प्रतिभा एकेडेमीमा छानिएका थिए । गोदावरीका अनिल महर्जन र नीराजन महर्जन, ललितपुरका असिम भुसाल र सनी व्यञ्जनकार र काठमाडौंका राजीव लोप्चन एकेडेमीका सदस्य थिए । सनीबाहेक सबैले उमेर समूहमा नेपालको प्रतिनिधित्व गर्न पाए ।

एरिकसँगै राजीव, अनिल, नीराजन र असिमले त नेपालले २०१७ मा भुटानको थिम्पुमा सम्पन्न साफ यु-१८ च्याम्पियनसिप जित्दाका महत्वपूर्ण सदस्य नै थिए । राजीव र अनिलले पछि नेपालको यु-२३ टोलीबाट पनि खेले । तर, कसैले अन्तर्राष्ट्रिय डेब्यूको अवसर प्राप्त गरेका छैनन् । राष्ट्रिय टोलीको प्रारम्भिक छनोट टोलीमा समेत पर्न सकेका छैनन् ।

दुई वर्षअगाडि जेठमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सन्नी र अनिलले थ्रीस्टार क्लब, राजीवले एफसी खुमलटार र असिमले फ्रेन्ड्स क्लबबाट खेलेका थिए । ललितपुरलाई नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण ललितपुर सिटी एफसीलाई च्याम्पियन बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेका अनिल सुनौलो भविष्यको खोजीमा अस्ट्रेलिया पलायन भइसकेका छन् । अन्य सबै शीर्ष डिभिजनको लिग होला र खेलौंला भनेर बसिरहेका छन् ।

दोस्रो उपत्यका व्यापी अन्तर पालिका खुला गोदावरी मेयर कपको दोस्रो सेमिफाइनल खेलमा दक्षिणकाली नगरपालिकाविरुद्ध बराबरी गोल गरेपछि सहकर्मी निराजन महर्जनसँग खुसियाली साट्दै गोदावरी नगरपालिकाका मिडफिल्डर अनिल बोम्जन लामा, तस्वीरः केशव थापा/खेलाडी

अघिल्लो साताको शुक्रबार सम्पन्न दोस्रो उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबल प्रतियोगितामा यी खेलाडी आ–आफ्ना पालिकाको प्रतिनिधित्व गर्दै थिए । गोदावरी नगरपालिकाद्वारा आयोजित प्रतियोगितामा राजीवको टोली काठमाडौं महानगरपालिका च्याम्पियन बनेको थियो । झ्यालुन्टारस्थित गोदावरी बहुउद्देश्यीय रंगशालामा सम्पन्न फाइनलमा विराज (महर्जन)को कप्तानीमा साबिक विजेता काठमाडौंले नीराजनसम्मिलित आयोजक गोदावरीलाई सडन डेथमा पराजित गर्यो । लिगकम नकआउट पद्धतिमा खेलाइएको प्रतियोगितामा सन्नी र असिमले नेपाली फुटबलका चर्चित प्रशिक्षक, एन्फा एकेडेमीका अभिभावक सुनिल श्रेष्ठको नेतृत्वमा रहेको ललितपुर महानगरपालिकाबाट खेलेका थिए ।

उपत्यकाका २१ पालिकामध्ये प्रतियोगितामा १३ पालिकाको सहभागिता थियो । जहाँ शीर्ष डिभिजन फुटबल खेलेका खेलाडीहरूमात्र एक दर्जन हाराहारी थिए । विराज, असिम र राजीवबाहेक पछिल्लो लिगमा फ्रेन्ड्स क्लबको जर्सी लगाएका रुपेश केसी, सातदाबाटोबाट खेलका पासाङ लामा, विभागीय टोली त्रिभुवन आर्मीका रिपु भ्लोन र एनआरटीका रक्षक सरोज तामाङ केही चर्चित अनुहारले झ्यालुन्टारमा आफ्नो कला प्रस्तुत गरे । करियरको उत्तरार्धमा रहेका रुपेशबाहेक अन्यले राष्ट्रिय टोलीबाट खेलेका छैनन् । दोस्रो र तेस्रो डिभिजन खेलिरहेका खेलाडीहरूको भने प्रतियोगितामा बाहुल्य थियो । यमन महर्जन, सुजन महर्जन, प्रज्वल शाही, नवीन कर्माचार्य, मनिष सेढाईं, दीपेश श्रेष्ठलगायत डिभिजन फुटबलमा कहलिएका अनुहारले यसपालि पनि गोदावरी मेयर कप खेले ।

फुटबलका ज्ञाता तथा एन्फा प्रतियोगिता निर्देशक सन्जिव मिश्र भने उपत्यकाको फुटबलका बारेमा भिन्न तर्क राख्छन् । उनी भन्छन्, ‘डिभिजन फुटबलमा काठमाडौंका क्लबले आफ्नो प्रभुत्व जमाएको छ । तर, यी क्लबले कुनै पनि प्रतियोगितामा भाग लिन जाँदा काठमाडौं बाहिरका खेलाडी ल्याइरहेका छन् । नेपाली फुटबलमा यो एउटा प्रवृत्ति नै बनिसक्यो । जसले गर्दा उपत्यकाका खेलाडी राष्ट्रिय स्तरमा नआएको हो ।’

दोस्रो उपत्यका व्यापी अन्तर पालिका खुला गोदावरी मेयर कप अन्तर्गत र्कीतिपुर नगरपालिकाविरुद्ध तारकेश्वर नगरपालिकाका कप्तान रुपेश केसी (सेतो जर्सी), तस्वीरः केशव थापा/खेलाडी

गोदावरी मेयर कपले दोस्रो संस्करण पार गरिरहँदा यसलाई ‘सेलिब्रेटेड प्रतियोगिता’का रूपमा लिइएको छ । पालिका-पालिकाबीचको प्रतिष्ठाको लडाइँबीच यसले भाइचाराको सम्बन्ध त गाँसेको छ नै स्थानीय खेलाडीको दिगो विकासका रूपमा पनि यसलाई हेरिएको छ । स्थानीय खेलाडीलाई शीर्षस्तरमा पुर्याउन ‘गोदावरी मेयर कप’ सिँढीका रूपमा रहेको नगर प्रमुख गजेन्द्र महर्जन बताउँछन् ।

‘काठमाडौं उपत्यकामा सम्भावना बोकेका खेलाडी धेरै छन् । उनीहरूलाई शीर्षस्तरसम्म पुर्याउनु नै हाम्रो मुख्य उद्देश्य हो । गोदावरीकै कुरा गर्ने हो भने यस नगरपालिकामा तल्लो डिभिजन फुटबलमा खेल्ने खेलाडी धेरै छन् । गोदावरीजस्तै अन्य पालिकाको अवस्था पनि त्यस्तै छन् । यी खेलाडीलाई शीर्षस्तर र अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यका साथ हामीले प्रतियोगिताको सुरु गरेका हौं,’ महर्जनको भनाइ छ ।

दोस्रो उपत्यका व्यापी अन्तर पालिका खुला गोदावरी मेयर कप अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको पुरस्कार ग्रहण गर्दै गोदावरी नगरपालिकाका खेलाडी पासाङ लामा, तस्वीरः केशव थापा/खेलाडी

फुटबलका ज्ञाता तथा एन्फा प्रतियोगिता निर्देशक सन्जिव मिश्र भने उपत्यकाको फुटबलका बारेमा भिन्न तर्क राख्छन् । उनी भन्छन्, ‘डिभिजन फुटबलमा काठमाडौंका क्लबले आफ्नो प्रभुत्व जमाएको छ । तर, यी क्लबले कुनै पनि प्रतियोगितामा भाग लिन जाँदा काठमाडौं बाहिरका खेलाडी ल्याइरहेका छन् । नेपाली फुटबलमा यो एउटा प्रवृत्ति नै बनिसक्यो । जसले गर्दा उपत्यकाका खेलाडी राष्ट्रिय स्तरमा नआएको हो ।’

‘देशमा ४७ सालको राजनीतिक परिवर्तनपछि वडास्तरीय, नगरस्तरीय र प्रदेशस्तरीय खेलमा वृद्धि भएको छ । पहिले फुटबल काठमाडौं केन्द्रित हुन्थे । गाउँघरमा मोफसलका प्रतियोगिताहरू हुँदैनथे । फुटबलको नाममा सहिद स्मारक लिग, शुभ जन्मोत्सव कप र त्रिभुवन च्यालेन्स सिल्ड कप हुने गथ्र्यो । जुन काठमाडौं केन्द्रित थियो । त्यसैले बाहिरका प्रतिभाले आफूलाई प्रमाणित गर्ने अवसर नै प्राप्त गरेनन् । जसका कारण राष्ट्रिय टोलीमा काठमाडौं उपत्यकाको रवाफ भएको हो । अहिले अवस्था फेरिएको छ । मोफसलबाट जिल्ला अनि प्रदेश हुँदै केन्द्रसम्म खेलाडी आउन सकेका छन् । यी खेलाडीसँग काठमाडौंका खेलाडीले प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ,’ मिश्र थप्छन्, ‘काठमाडौंमा पछिल्लो समय फुटसलले खेलाडी उत्पादनमा केही सहज बनाएको छ । मूल कुरा उपत्यकाको यो दयनीय अवस्था मैदान अभावकै कारण भएको हो ।’

दोस्रो उपत्यका व्यापी अन्तर पालिका खुला गोदावरी मेयर कपको दोस्रो सेमिफाइनल खेलमा दक्षिणकाली नगरपालिकालाई टाइब्रेकरमा पराजित गरेपछि गोदावरी नगरपालिकाका खेलाडीको खुसी, तस्वीरः केशव थापाखेलाडी

मैदान अभावबीच नै खेलाडीलाई मार पार्ने गरी सरकारले गोदावरी नगरपालिका वडा नम्बर ३ स्थित फुटबल मैदानमा चार वर्षअघि ८८ करोड लगानीमा सनराइज सम्मेलन केन्द्र निर्माण गरेको थियो । स्थानीयकोे विरोधबीच महँगो शुल्क तिरेर ठूला होटलहरूमा सरकारी तथा सांस्कृतिक सभा सम्मेलन, गोष्ठीलगायत कार्यक्रम सञ्चालन गर्ने अवस्थाको अन्त्य गर्न सरकारले खेलाडीको मर्म चिरेर सम्मेलन केन्द्र बनाएको थियो । यो त्यही मैदान थियो, जहाँ गोदावरी ३ को स्थानीय क्लब नमुना स्पोर्ट्स क्लबले किशोर खेलाडीलाई फुटबलको आधारभूत शिक्षा प्रदान गर्दथ्र्यो । 

सुधार्नुपर्ने धैरै पक्ष छन् । केही नहुनुभन्दा केही कुराको सुरुआत हुनु राम्रो हो । गोदावरी मेयर कप यसैको ज्वलन्त उदाहरण हो । घरेलु फुटबल परिधिभित्र गएर यसको मापन गर्ने हो भने यो एउटा सामान्य अन्तरपालिका प्रतियोगिता हो । तर, उपत्यकावासीका लागि यसले ठूलो महत्व बोकेको छ । १५ दिने प्रतियोगिता नै सही यसले उपत्यकावासीमाझ फुटबल संस्कार बसाल्ने जमर्को त गरेको छ ।

डिभिजन फुटबलमा यो मैदानले गोदावरीको गौरवगाथा रचेको छ । सातदोबाटोका पासाङ (लामा) र आर्मीका रिपु (भ्लोन)ले अहिले जसरी गोदावरीको प्रतिनिधित्व शीर्ष डिभिजनमा गरिरहेका छन् । यसको श्रेय यही मैदानलाई जान्छ । यसपालि वडा नम्बर ३ बाट गोदावरी मेयर कपको टोलीमा समावेश लगभग सबै खेलाडी नमुना स्पोर्ट्स क्लबका उत्पादन हुन् । पासाङले त सर्वोत्कृष्ट खेलाडीको पुरस्कार नै जिते । शीर्ष स्तरको फुटबलमा गोदावरीको नाम उँचो बनाएको भन्दै नगरपालिकाले पासाङलाई सम्मान समेत गरेको थियो । यस्तोमा मैदान नहुँदा आउने दिनमा समग्र गोदावरीलाई खेलाडी उत्पादनमै समस्या पर्ने स्पष्ट रूपमा बुझ्न सकिन्छ । मैदान नै नभए खेलाडीले कहाँबाट फुटबलको आधारभूत शिक्षा लिने ?

कुरा आयो फुटसल को । अहिले उपत्यकामा फुटसल सेन्टर छ्यापछ्याप्ती छ । फुटसलले केही हदसम्म खेलाडी उत्पादनमा सजिलो पनि बनाएको छ । फुटबलमा रुचि राख्ने बालबालिकाको मुख्य केन्द्र बनेको छ फुटसल । उपत्यकामा फुटसल चलायमान भएको एक दशक भइसक्यो । जसको प्रत्यक्ष असर राष्ट्रिय फुटसल टोलीमा पनि परेको छ । डेढ वर्षअघि राष्ट्रिय फुटसल टोलीले मंगोलियामा एएफसी फुटसल एसिया कप छनोटमा सहभागिता जनाएको थियो । ललितपुरमा हुर्केका मणिकुमार (लामा)को कप्तानीमा रहेको त्यो टोलीमा सरोज (तामाङ), अदिल हमिद, उज्ज्वल शाही, अरुज सिंह जस्ता प्रमुख खेलाडी उपत्यकाबाटै थिए । तर, मूल कुरा फुटसलले उपत्यकाको फुटबल विरासतको प्रतिष्ठालाई कतिन्जेल थेगिरहने ?

दोस्रो उपत्यका व्यापी अन्तर पालिका खुला गोदावरी मेयर कपको उपाधिका साथ काठमाडौं महानगरपालिकाका खेलाडी, तस्वीरः केशव थापा/खेलाडी

सुधार्नुपर्ने धैरै पक्ष छन् । केही नहुनुभन्दा केही कुराको सुरुआत हुनु राम्रो हो । गोदावरी मेयर कप यसैको ज्वलन्त उदाहरण हो । घरेलु फुटबल परिधिभित्र गएर यसको मापन गर्ने हो भने यो एउटा सामान्य अन्तरपालिका प्रतियोगिता हो । तर, उपत्यकावासीका लागि यसले ठूलो महत्व बोकेको छ । १५ दिने प्रतियोगिता नै सही यसले उपत्यकावासीमाझ फुटबल संस्कार बसाल्ने जमर्को त गरेको छ ।

राष्ट्रिय टोलीका पूर्वकप्तान विराज महर्जन यस्तै धारण राख्छन् । उनी भन्छन्, ‘हामी ग्रासरुटमा एकदमै कमजोर भयौं । काठमाडौंकै कुरा गर्ने हो भने हामीलाई खेलाडी पाउनै गाह्रो छ । जबसम्म हामी ग्रासरुट कार्यक्रममा लाग्दैनौं । हामी राष्ट्रिय टोलीसम्म आफ्ना खेलाडीलाई पुर्याउन सक्दैनौं । गोदावरी मेयर कपले उपत्यकावासीमाझ फुटबलप्रतिको मोह बढाएको छ । स-साना बालबालिकालाई यो प्रतियोगिताले फुटबलमा आउन प्रेरित गरेको छ । डिभिजन फुटबल खेल्न सक्षम खेलाडी छनोट गर्न यो प्रतियोगिताले उल्लेखनीय भूमिका खेल्नेछ भन्ने विश्वास लिएको छु । प्रतियोगितालाई खेलाडी उत्पादनको माध्यमका रूपमा मैले बुझेको छु ।’