माघ २, २०८२ शुक्रबार | ००:३६:५०
साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण अन्तर्राष्ट्रिय महिला फुटसलमा नेपालको ऐतिहासिक पहिलो जित साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल चार गोलले अगाडि क्रिकेट र स्वच्छतामा जोडः ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु साफ महिला फुटसल च्याम्पियनसिपः बंगलादेशले भारतलाई हरायो एन्फा राष्ट्रिय लिगः सातदोबाटो र संकटाबीचको खेल गोलरहित साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण अन्तर्राष्ट्रिय महिला फुटसलमा नेपालको ऐतिहासिक पहिलो जित साफ महिला फुटसल च्याम्पियनसिपः माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल चार गोलले अगाडि क्रिकेट र स्वच्छतामा जोडः ‘क्रिकेट फर वास’ कार्यक्रम सुरु साफ महिला फुटसल च्याम्पियनसिपः बंगलादेशले भारतलाई हरायो एन्फा राष्ट्रिय लिगः सातदोबाटो र संकटाबीचको खेल गोलरहित

रवि राजकर्णिकार र निलेन्द्रराज श्रेष्ठलाई ओसिएको कारबाही

काठमाडौं । ओलम्पिक कमिटी अफ एसिया (ओसिए) ले नेपाल घोड्चढी संघका अध्यक्ष रवि राजकर्णिकार र नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठलाई कारवाही गरेको छ ।

ओसिएको नैतिक समितिले उनीहरूलाई पत्र काट्दै ९० दिनसम्मका लागि ओसिएका कुनै पनि किसिमका कार्यमा सहभागी हुन नपाउने गरि प्रतिबन्ध गरिएको जानकारी गराएको छ ।

उनीहरूको यो प्रतिबन्ध मे १८ देखि लागु हुनेछ ।

ओसिए नैतिक समितिका प्रमुख देवन्द्रनाथ सरान्गीले हस्ताक्षर गरेको पत्रमा उनीहरूले नेपाल ओलम्पिक कमिटी  -(एनओसी) र नेपाली खेलाडीको हितविपरित कार्य गरेको, एनओसी र ओसिएसँगकाे सम्झौता अनुसारकाे जिम्मेवारी निर्वाह गर्न नसकेको, ओसिएको निर्देशनहरूको पालनमा नगरेको जस्ता आरोप लगाइएको छ ।

उनीहरूलाई  एनओसी र ओसिएको सिफारिसका आधारमा कारबाही गरिएको ओसिए नैतिक समितिले जनाएको छ ।

सदस्यता नपाएको भन्दै पाँच खेल संघले  एनओसीविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए । त्यसपछि ओसिएको पहलमा मार्च १० मा कुवेतमा एनओसी र पाँच संघबीच बैठक बसेकाे  थियो ।

त्यस्तै  मार्च ११ मा ओसिएका महानिर्देशक हुसेन अल मुसल्लमको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकबाट दुई बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

सरोकारवाला पक्षबीचको बैठकले १५ दिनभित्र एनओसीको विशेष साधारणसभा बोलाएर एनओसीविरुद्ध अदालतमा मुद्दा  दायर गरेका पाँच संघलाई पूर्ण सदस्यता प्रदान गर्ने र सबै संघले विना सर्त तत्काल मुद्दा फिर्ता लिने सम्झौता भएको थियो । त्यहीअनुसार मार्च १९ मा एनओसी विशेष साधारणसभाले सबै पाँच संघलाई सदस्यता दिएको थियो ।

सदस्यता पाएपछि चार संघले अदालतबाट मुद्दा  फिर्ता लिए पनि घोडचढी संघले भने मुद्दा फिर्ता लिएको थिएन । ओसिएका महानिर्देशक हुसेनले मार्च २४ मा  घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारलाई पत्र लेख्दै सम्झौताअनुसार मुद्दा  फिर्ता लिन दबाब दिएका थिए । तथापि राजकर्णिकारले अझैसम्म मुद्दा  फिर्ता लिएका छैनन् ।

कुवेत सम्झौतामा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, मोडर्न पेन्ट्राथलन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकार, रग्बी संघका अध्यक्ष दीपक देवकोटा, स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनाल र बेसबल तथा सफ्टबल संघका अध्यक्ष दीपक न्यौपानेले हस्ताक्षर गरेका थिए ।

उक्त बैठकमा एनओसीका पूर्व महासचिव एवं नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठको उपस्थिती रहेको बताइएको थियो ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate