आरजी अन्तर विद्यालय फुटसल प्रतियोगिता

आरजी अन्तर विद्यालय फुटसल प्रतियोगिताः लर्निङ जोन एकेडेमीको दोहोरो जित

काठमाडौं । राजर्षि गुरुकुल स्कुलको आयोजनामा बुधबारदेखि सुरु भएको आरजी अन्तर विद्यालय फुटसल प्रतियोगितामा लर्निङ जोन एकेडेमीले पहिलो दिन दोहोरो जित  निकालेको छ ।

सल्लाघारीस्थित स्कुलको आफ्नै फुटसल कोर्टमा भएको प्रतियोगितामा समूह ‘बी’ मा रहेको लर्निङ जोनले मोर्डन बोर्डिङ हाइअर सेकेन्डरी स्कुललाई ३-१ ले र काठमाडौं गुरुकुललाई ६-० ले पराजित गरेको हो ।

दुई जितपछि ६ अंक जोडेर लर्निङ जोन एकेडेमी शीर्ष थानमा छ ।

यसैगरी पहिलो दिनकै अन्य खेलमा समूह ‘बी’ मा प्यारागन पब्लिक स्कुल र काठमाडौं गुरुकुलले एक एक खेल जितेका छन् । प्यारागनले युनाइटेड युनिभर्सल स्कुललाई १-० ले हराउँदा काठमाडौं गुरुकुलले मोर्डन बोर्ड हाइअर सेकेण्डरी स्कुललाई ४-२ ले हरायो ।

काठमाडौं गुरुकुलले तीन खेलमा एक खेल जित्दा प्यारागनले दुई खेलमा एक खेल जितेको हो । मोर्डन बोर्डिङ स्कुलले भने तीनवटै खेल हार ब्होर्यो ।

अपराजित लर्निङ जोन ६ अंकसहित शीर्ष स्थानमा रहँदा प्यारागन र काठमाडौं गुरुकुलको समान चार अंक छ ।

यस्तै समूह ‘ए’ अन्तर्गत पहिलो दिन ग्लोबल पब्लिक स्कुल, काव्य स्कुल, अक्षरा स्कुल र रातो बंगला स्कुलले समान एक खेल जितेका छन् । 

ग्लोबल पब्लिक स्कुलले सूर्य विनायक स्कुललाई १-० ले पराजित गर्यो । अर्को खेलमा भने ग्लोबल पब्लिक स्कुल अक्षरा स्कुलसँग २-१ले पराजित भयो । यस्तै ग्लोबल र काव्यबीचको खेल गोलरहित बराबरीमा सकियो ।

यसैगरी काव्य स्कुलले सूर्य विनायक स्कुललाई २-१ ले हरायो भने काव्य स्कुल रातो बंगला स्कुलसँग भने २-० ले पराजित भयो । पहिलो दिन अपराजित रहेका अक्षरा र रातो बंगलाले भने गोलरहित बराबरी खेले ।

सूर्य विनायक स्कुल भने दुवै खेलमा पराजित भयो । अपराजित अक्षरा र रातो बंगलासँगै काब्या र ग्लोबल पब्लिक स्कुलको समान चार अंक छ । 

नेपाली राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेत र विद्यालयका संस्थापक अध्यक्ष राजेश चौधरीले बल हस्तानतरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।