काठमाडौं । आयोजक ग्रिनफिल्ड ‘ए’ १०औं ग्रिनफिल्ड कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
बाफलस्थित घरेलु कोर्टमा ग्रिनफिल्ड ‘ए’ ले किङडम हिमालयलाई ३०-२४ ले पराजित गरेको हो ।
जुनियर ब्वाइजमै ज्ञान निकेतनले पिपुल्स एकेडेमीलाई ३०-१२ तथा रेडिअन्ट पब्लिकले इडेन ब्रिज एकेडेमी (इबिए) लाई ३०-२६ ले हराउदै सेमिफाइनलमा स्थान बनाए । ज्ञान निकेतनका दिप्सनले १२ तथा रेडिअन्टका विधानले २१ स्कोर गरे ।
सिनियर ब्वाइज ज्ञान निकेतनले सेमिफाइनल यात्रा तय गर्यो । ज्ञान निकेतनले द एक्सेल्सियरलाई ५१-२१ ले हरायो । ज्ञान निकेतनका आयुश रावलले १६ अंक जोडे ।
सिनियर गर्ल्समा रिब्स र संस्कृतिले सेमिफाइनलमा स्थान सुरक्षित गरे । रिब्सले रेडिअन्ट पब्लिकमाथि १९-१८ को कठिन जित दर्ता गर्यो । रिब्सकी नौशिका लिम्बूले सात अंक जोडिन् ।
साइ निलायमविरुद्धको खेलमा संस्कृति ३०-१८ ले विजयी भयो । संस्कृतिकी रिदिसमाले १२ स्कोर गरिन् ।