रग्बी प्रतियोगिता

एसिया यु-२० रग्बी शनिबारदेखि हुने

काठमाडौं । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा एसिया यू-२० सेभेन्स पुरुष तथा महिला रग्बी प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ सात तथा महिलातर्फ चार राष्ट्रको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जानकारी गराए ।

पुरुषतर्फ सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा उज्वेकिस्तान, चाइनिज ताइपेइ र थाइल्यान्ड तथा समूह ‘बी’ मा मलेसिया, भारत, नेपाल र हङकङ चाइना छन् ।

महिलातर्फ नेपाल, थाइल्यान्ड, मलेसिया र हङकङ चाइनाले एक हर्कासँग  प्रतिसपर्धा गर्नेछन् । सर्वाधिक अंक ल्याउने टोलीलाई विजेता बन्नेछ।

नेपाली रग्बीको इतिहासमा नेपालमा हुन लगोको यो प्रतियोगिता अहिलेम्मकै ठूलो हो । गत वर्ष रग्बी संघले एसिया रग्बी यु–१८ सेभेन्सको सफलतापूर्वक आयोजना गरिसकेको छ ।

प्रतियोगिताका लागि एसिया रग्बीका अध्यक्ष कायस अबदुल्लाह मोसिन मोहमद अल दलाईलगायतका प्रतिनिधि नेपाल आइसकेको रग्बी संघले जनाएको छ । 

दुई दिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।