अन्तरविद्यालय बास्केटबल प्रतियोगिता

ग्रिनल्यान्डले आयोजक ग्रिनफिल्डलाई हरायो

१०औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबलमा सिनियर गर्ल्सतर्फ प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । ग्रिनल्यान्डले १०औं  ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार जित निकालेको छ । ग्रिनल्यान्डले आयोजक ग्रिनफिल्ड ‘ए’ लाई ५०-३८ ले पराजित गरेको हो  ।

सिनियर ब्वाइजमै कान्तिपुरले नेपालयलाई २६-१४, पुष्पसदनले जेनिथलाई ३६-३२, स्वर्णिमले एलआरआईलाई ३८-२७, पिपुल्स एकेडेमीले सिद्धार्थ बनस्थलीलाई ३७-१५ र सेबले रेडिअन्टलाई ३५-३३ ले हराए ।

जुनियर ब्वाइजमा रेडिअन्टले त्रिज्योतिलाई २६-९, सेबले पिपुल्सलाई १७-७ र ज्ञान निकेतनले स्वप्न वाटिकालाई २८=१२ ले स्तब्ध बनाए । 

यसैगरी सिनियर गर्ल्समा एलआरआइले ग्रिनफिल्ड ‘बी’ लाई १२-१० ले पराजित गर्यो ।