नेपाल इक्विस्टेन (घोडचढी) संघ

घोडचढी संघमा राजकर्णिकार

काठमाडौं । नेपाल इक्विस्टेन (घोडचढी)  संघको अध्यषमा रवी राजकर्णिकारले नै निरन्तरता पाएका छन् ।

संघको साधारणसभा तथा निर्वाचनले शनिबार राजकर्णिकारलाई अध्यक्षमा निरन्तरता दिदै १६ सदस्यीय केन्द्रीय कार्यसमिति  सर्वसम्मत चयन गरेको हो।

नवराज सिलवालले वरिष्ठ उपाध्यक्ष, प्रकाशजंग कार्की र रमेशमान मल्लले उपाध्यक्ष, लोकजंग लामाले महासचिव, राममाया तामाङले सचिव तथा प्रेमबहादुर मोक्तानले कोषाध्यक्षको जिम्मेवारी पाए ।

मनऋषि धिताल, सन्तोष बुढाथोकी, हरिप्रसाद श्रेष्ठ, महेश श्रेष्ठ, तेन्जिङ थकाली, कर्मा गुरुङ, ज्ञानेन्द्र श्रेष्ठ, रामसुन्दर वके र सुमन बोम्जन तामाङ सदस्यमा चयन भए ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको साधारणसभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले गरेका थिए ।