च्याम्पियन्स लिग

चेल्सी शीर्ष स्थानमा

मिलान । चेल्सीले मंगलबार च्याम्पियन्स लिगअन्तर्गत समूह इ को शीर्ष स्थानमा उक्लिने क्रममा एसी मिलानलाई २-० ले हराएको छ ।

चेल्सीले च्याम्पियन्स लिगमा इटाली भ्रमणमा पछिल्लो १९ वर्षमा निकालेको यो पहिलो जित हो । चेल्सीले यसअघि सन् २००३ नोभेम्बरमा लाजियोलाई ४-० ले हराएको थियो ।

१८औं मिनेटमा फिकायो टोमोरीले रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि चेल्सीले मिलानले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो । 

२१औं मिनेटमा जर्जिन्होको पेनाल्टी गोलमा चेल्सीले अग्रता लिएको थियो । ३४औं मिनेटमा पिइरे इमरिक औबामयाङको गोलमा चेल्सीले अग्रता दोब्बर पारेको थियो । 

गत साता घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न पहिलो लेगमा चेल्सीले मिलानमाथि ३-० को जित निकालेको थियो ।  

चेल्सी चार खेलमा सात अंकसहित समूह इ को शीर्ष स्थानमा छ भने समान खेलमा ६ अंक जोडेको एफसी साल्जबर्ग दोस्रो स्थानमा छ । तेस्रो स्थानको मिलानको चार खेलमा तीन अंक छ भने चौथो स्थानको डिमानो जागरेभको पनि समान चार अंक छ ।

मंगलबार नै सम्पन्न समूहको अर्कोे खेलमा साल्जबर्ग र जागरेभले १-१ को बराबरी खेले ।