एएफसी यु १७ एसियन कप छनोट २०२३

भियतनाविरुद्ध नेपाली टोलीको सुरुआती ११ सार्वजनिक

काठमाडौं । एएफसी यु १७ एसियन कप छनोट २०२३ अन्तर्गत भियनतामविरुद्धको खेलमा नेपाली टोलीको सुरुआती ११ सार्वजनिक भएको छ । 

नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बुधबार थाइल्यान्डविरुद्धको पहिलो खेलमा उतारेको टोलीलाई नै दोस्रो खेलमा निरन्तरता दिएका छन् ।

नेपाल आज भियतनामविरुद्ध जितसहित एसिया कप छनोटको सम्भावना जीवित राख्न चाहन्छ ।

समूह ‘एफ’ मा थाइल्यान्ड दुई खेलमा दुई जितपछि ६ अंकसहित शीर्ष स्थानमा छ । थाइल्यान्डले आजै सम्पन्न पहिलो खेलमा चाइनिज ताइपेइलाई ३–१ ले हराएको थियो ।

नेपाली टिमः

गोलकिपरः क्रिसल मोक्तान

रक्षकः सिमान्त थापा, अश्विन घोरासैनी, दिपक थापा मगर,निशान्त तामाङ

मिडफिल्डरः प्रशान्त लक्ष्यम(कप्तान), युनिस बुढाथोकी, हरिस भट्ट , लक्ष्छु थापा, निरोज कार्की,

स्ट्राइकर सुवास बम