चैत्र ११, २०८२ बुधबार | ०७:५७:३८
श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल
शनिबारको दिन युरोपियन फुटबल

रियाल र पिएसजी अब दाजुभाइ होइन, सत्रु

काठमाडौं । यस्तो पनि हुदो रहेछ । कुनै समय पेरिस सेन्ट जर्मेन (पिएसजी) र रियाल मड्रिडबीच खुबै दोस्ती थियो । यी दुई क्लबलाई दाजुभाई भन्ने पनि थिए । व्यवहार पनि यस्तै थियो । नेइमार रियाल जाने हल्ला खुबै चल्यो, तर रियालले कहिले पनि पिएसजीबाट यी ब्राजिली खेलाडीलाई चोर्ने काम गरेन् । त्यसैले पिएसजीले पनि रियलसँगको सम्बन्धलाई वास्तवमै ‘स्पोर्टिङ’ नै राख्यो ।

तर अहिले इतिहास फेरिएको छ । पिएसजी र रियाल एक-आपसमा सत्रु जस्तै भएका छन् । सन् २०१८ यता यी दुई क्लबबीच केही मनमुटाव सुरु भएको थियो । अहिले त दुवै क्लबका अध्यक्ष एक आपसमा आरोप-प्रत्यारोप गर्ने भइसके । भनिन्छ, पिएसजीका मालिक नासिर अल खलाफी र रियालका अध्यक्ष फ्लोरेन्टिनो पेरेजबीच बोलचाल नै छैन ।

जबकि त्यस अगाडि उनीहरूबीच खुबै बातचित चल्थ्यो । आखिरमा मन फेरिएपछि त बोलचाल नहुने हो । दुई क्लबीचको सम्बन्ध चिसिनुको एउटा प्रमुख कारण त किलियन एमबाप्पे नै हुन् । पछिल्लो सिजनसम्म पनि एमबाप्पे रियाल जाने हुन अथवा पिएसजीमै रहने हुन्, त्यसबारे खुबै हल्ला चल्यो, लगातार अनिश्चिता छाइरह्यो ।

तर अन्त्यमा एमबाप्पे पिएसजीमै रहे । रियालले एमबाप्पेलाई भित्र्याउनै सकेन । युरोपेली सुपर लिग अर्को कारण बन्यो, दुई क्लबबीचको सम्बन्ध टाढिनुमा । रियाल पनि यो प्रतियोगिताको पक्षमा देखिन्छ । तर पिएसजीले पनि यो प्रतियोगिताबाट पूर्णतः आफ्नो हात झिकिसकेको  छ । त्यति मात्र होइन, खलाफी त युरोपेली फुटबल महासंघ (युइएफए) का अध्यक्ष एलेकजेन्डर सेफरिनसँग नकिजिएका छन् ।

यो रियालका लागि स्विकार्य भइरहेको छैन । युइएफए पूर्णतः त्यस सुपर लिगको विरोधमा छ र यसलाई कुनै पनि हालतमा सम्भव पार्न चाहन्न् । पिएसजीले यो मुद्दामा अचेल सेफरिनको खुलेर समर्थन गर्ने गर्छ । सुपर लिगलाई अझै समर्थन गर्ने रियाल जस्ता क्लबलाई के लाग्छ भने यो कार्यक्रम तुहिनुमा पिएसजी जस्ता क्लब जिम्मेवार छन्, अन्तिम समयमा तिनले हात झिके ।

सुपर लिगको पक्षमा रियाल मात्र होइन, बार्सिलोना र युभेन्टस पनि देखिएका छन् । तर युरोपेली क्लब फुटबलको राजनीतिमा यी तीनै टिम अचेल कमजोर हुन थालेका छन् । यही कारण यो राजनीतिमा रियाल केही कमजोर देखिएको छ र उसको युरोपेली क्लब फुटबलमा नेतृत्व गर्ने सपना पनि तुहिएको छ । जबकी पिएसजीले अहिले यस्तै सपना बुन्न थालेको छ ।

त्यसैले त हो, पेरेजले रियालको साधारण सभामा नामै त लिएनन्, तर पिएसजी तथा यसका मालिकको खुबै आलोचना गरे । अनि रियालले युरोपेली च्याम्पियन्स लिग जित्नु र पिएसजी यही काममा असफल हुनुमा खुसीयाली पनि मनाए । ठीक यही बेला पिएसजी चाहन्छ, यो टिम युरोपेली क्लब फुटबलमा रियाल जत्तिकै बनोस । खर्च गर्नमा त उसलाई के नै समस्या छ र ?

पिएसजीले रियालको इतिहासलाई त पक्कै छुन सक्ने छैन । तर कम्तीमा भविष्यमा त रियाललाई माथ खुवाउन सक्छ, चाहे त्यो सफलतामा होस, अथवा खेलाडी किन्नमा । अचेल त दिन पनि कस्ता आइसके भने रियालका खेलाडीको नाम लिन गाह्रो हुन्छ, तर पिएसजीका खेलाडीको नाम सबैको मुखमा सजिलै झुन्डिने गर्छ । पिएसजी र रियालबीचको सम्बन्ध अब कसरी अगाडि बढ्छ, हेर्न लायक रहनेछ ।

(मार्काबाट स्वतन्त्र अनुवाद गरिएको)