कुमार थापा

थापाद्वारा प्रशिक्षण छोड्ने घोषणा

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमाा बंगलादेशसँग पराजित भएपछि नेपाली टिमका मुख्य प्रशिक्षक कुमार थापाले टिमको प्रशिक्षण छोड्ने घोषणा गरेका छन् ।

फाइनलपछि पोष्ट म्याच प्रेस कन्फ्रेन्समा बोल्दै थापाले हारपछि टिममा ठाउँ ओगटेरमात्र बस्न नहुने भन्दै प्रशिक्षण छोड्ने बताए ।

‘सक्सेस हायर एन्ड फायर । आजबाट प्रशिक्षक पद छोड्छु । सफल नहुनेले ठाउँ ओगटेर राख्नु राम्रो होइन । उपाधि दिलाउन सकिन् दुःख लागेको छ । तर, अब अरुलाई मौका दिनुपर्छ ।’