साफ यु १७ च्याम्पियनसिप

यु १७ साफ: भारतविरुद्ध अग्रता फराकिलो बनाउँदै नेपाल

कोलम्बो । श्रीलंकामा भइरहेको यु १७ पुरुष साफ च्याम्पियनसिपअन्तर्गत भारतविरुद्ध नेपालले अग्रतालाई ३-१ मा पुर्याएको छ ।

श्रीलंकाको रेसकोर्समा जारी खेलको ६७औं मिनेटमा नेपालका सुवास बमले टिमका लागि तेस्रो गोल गरे । उनले मिडबाट आएको लामो पासमा उत्कृष्ट चिप गोल गरे ।  यसअघि खेलको पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो ।

खेलको २५औं मिनेटमा ड्यानी मेइटिइले गरेको गोलबाट भारतले अग्रता बनाएको थियो । तर, पहिलो हाफको अन्तिम मिनेटमा सरोज दर्लामीमगरले गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए । सरोजले करिव १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट बली गोल गरेका थिए । यस्तै खेलको ४९औं मिनेटमा युनेश बुढाथोकीले नेपाललाई अग्रता दिलाएका थिए ।


पहिलो खेलमा भुटानलाई हराएका नेपाल र भारत दुवै सेमिफाइनल प्रवेश गरिसकेका छन् । दुवै टोली जितसहित समूह बी को विजेता बन्ने दौडमा छन् ।