इङ्लिस प्रिमियर लिग

फ्रेडको मात्र आलोचना हुनु अन्यायः फाबिन्हो

लन्डन । लिभरपुलका मिडफिल्डर फाबिन्होले इङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको खराब लयमा मिडफिल्डर फ्रेडलाई मात्र दोषी देखाउनु अन्याय  हुने बताएका छन् ।

लगाातर दुई खेलमा दुई खेल नै गुमाएपछि युनाइटेड १९औ स्थानमा छ ।

पहिलो खेलमा ब्राइटोनलाई २–१ को नतिजा सुम्पिएको  युनाइटेड दोस्रो खेलमा ब्रेन्टफोर्डसँग ४–०  ले पराजित भएको थियो ।  युनाइटेडले तेस्रो खेलमा आज लिभरपुलको सामना गर्दैछ ।

‘फ्रेडको मात्र आलोचना किन भइरहेको छ मैले बुझ्न सकेको छैन’,फाबिन्होले भने, 'उनी राम्रो खेलाडी हुन् । एउटा टोलीको हारमा कुनै एउटा मात्र खेलाडी दोषी हुँदेन । उनीसँगै उनको क्लबले छिट्टै लय भेट्टाउनेमा आशाबादी छु । 

युनाइटेडले शुक्रबार मात्र रियाल मड्रिडका मिडफिल्डर कासिमिरोलाई अनुबन्ध गरेको थियो । 

यता लिभरपुल पनि ओल्ड ट्राफोर्ड भ्रमणमा सिजनको पहिलो जितको खोजीमा हुनेछ ।