बर्न्ली

बर्न्लीका मुख्य प्रशिक्षक डाइच बर्खास्त

लन्डन । इङ्लिस क्लब बर्न्लीले मुख्य प्रशिक्षक सियन डाइचलाई बर्खास्त गरेको छ ।

इङ्लिस प्रिमियर लिगमा अस्तित्व जोगाउन संघर्षरत बर्न्लीले डाइचलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको नौ वर्ष ६ महिनापछि बर्खास्त गरेको हो ।

५० वर्षीय डाइच सन् २०१२ को अक्टोबरमा एडी होवेको स्थानमा बर्न्लीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

‘सर्वप्रथम हामी डाइच र उनको सहकर्मीको उपस्थितीमा क्लब पछिल्लो एक दशकमा हासिल गरेको उपलब्धिहरुका लागि उनीहरुप्रति धन्यवाद व्यक्त गर्न चाहन्छौं,’ क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘डाइचको स्थानमा नयाँ प्रशिक्षक ल्याउने तयारी सुरु भइसकेको छ र आगामी निर्णय चाडै नै सार्वजनिक गरिने छ ।’