च्याम्पियन्स लिग

बायर्न भियारियालसँग स्तब्ध

बर्लिन । जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिख बुधबार च्याम्पियन्स लिग पहिलो लेगमा स्पेनिस ला लिगाको क्लब भियारियालसँग १-० ले स्तब्ध भएको छ । 

अर्नट ड्यानजुमाको निर्णायक गोलमा भियारियालले सेमिफाइनल प्रवेश सम्भावना बलियो पारेको हो । 

भियारियालले सन् २००८-९ सिजनपछि पहिलो पटक च्याम्पियन्स लिग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गरेको हो । 

आठौं मिनेटमा ड्यानजुमाको गोलमा भियारियालले अग्रता लिएको थियो । यस सिजन च्याम्पियन्स लिगमा उनको यो छैटौं गोल हो । 

स्टाडियो डे ला सेरामिकामा सम्पन्न खेलको ४१औं मिनेटमा फ्रान्सिस कोक्वेलिनको प्रहार अफसाइड भएको भन्दै भिडियो सहायक रेफ्री (भिएआर) ले मान्यता दिए । त्यस्तै जेरार्ड मोनेरोको प्रहार पोस्टमा लागेर फर्कदा भियारियाले अग्रता दोब्बर पार्ने अवसर गुमायो ।

बायर्नले भियारियालविरुद्ध सम्झनलायक प्रदर्शन आक्रमण गर्न सकेन ।

सन् २००६ मा इन्टर मिलानमाथि १-० को जित निकालेपछि भियारियालले च्याम्पियन्स लिगमा घरेलु मैदानमा हात पारेको यो पहिलो जित हो ।