लियाेनल मेसी

मेसीको सन्यासबारे कुरा गर्नलाई यो उचित समय होइन्ः स्कालोनी

ब्युनस आयर्स । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले कप्तान लियोनल मेसीको सन्यासबारे कुरा गर्नलाई अहिले सही समय नभएको बताएका छन् ।

सात पटकको बालन डी’अर विजेता मेसीले यअसघि विश्वकप छनोटअन्तर्गत भेनेजुयलामाथि ३–० को जित निकालेसँगै आफूले विश्वकपपछि धेरै कुरामा पूर्नविचार गर्ने बताएका थिए । यसै भनाईका कारण अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा मेसीले कतार विश्वकपपछि सन्यास लिनेछन् भन्ने चर्चाले राम्रो स्थान बनाएको छ ।

तर, स्कोलोनीले भने मेसी अहिले आफ्नो टोलीमा रहेको र यसैमा आफू खुसी भएको बताउदै उनको सन्यासबारे कुरा गर्न यो उचित समय नभएको बताए ।

‘विश्वकपपछि सबैले आफूबारे पूर्नमुल्यांकन गर्छन । मैले मेरा खेलाडीहरुके के सोचिरहेका छन् भन्नेबारे कुनै धारणा बनाएको छैन,’ उनले भने, ‘महत्वपूर्ण कुरा उनीहरु अझै मसँग छन् । यसैमा रमाउनु पर्छ । भविष्यमा उनीहरुले के गर्नेछन् भन्नेबारे सोच्न आवश्यक छैन ।’