स्पेनिस ला लिगा

रियालमाथि बार्सिलोनाको रबाफ

मड्रिड । बार्सिलोनाले आइतबार सानका साथ रियाल मड्रिडसँग पाँच खेलको हारको शृंखलमा पूर्णविराम लागेको छ । 

एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियाललाई उसैको घरेलु मैदान सान्टियागो बर्नाबेउमा ४-० को हार चखाएको हो ।
खेल सुरुआतबाटै रियाललाई दबाबमा राखेको बार्सिलोनाले पिइरे इमरिक औबामयाङ र रोनाल्ड अराजुको गोलमा पहिलो हाफमै २-० को अग्रता लिएको थियो ।

 दोस्रो हाफमा ओबामयाङ र फेरान टोरेसले गोल गरेपछि बार्सिलोनाले सानदार जित निकालेको हो ।

हारका बाबजुद रियाल २९ खेलबाट ६६ अंकसहित शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको सेभिया भन्दा नौ अंक बढी हो भने तेस्रो स्थानको बार्सिलोना भन्दा १२ अंक बढी हो । यद्धपी बार्सिलोनाले एक खेल कम खेलेको छ । 

एट्लेटिको मड्रिड ५४ र रियाल बेटिस ५० अंकसहित क्रमशः चौथो र पाँचौ स्थानमा छ । 

२९औं मिनेटमा औबामयाङले गरेको गोलमा बार्सिलोनाले अग्रता लियो । त्यसको नौ मिनेटपछि नै ओराजुले बार्सिलोनाको अग्रता दोब्बर पारे । 

४७औं मिनेटमा बार्सिलोनाले आफ्नो अग्रता ३-० मा पुर्यायो । बार्सिलोनाका लागि टोरेसले तेस्रो गोल गरेका थिए । त्यसको चार मिनेटपछि नै औबामयाङले व्यक्तिगत दोस्रो गोलसहित बार्सिलोनाको सानदार जित पक्का गरेका थिए ।