सहिद स्मारक ‘ए’ डिभिजन लिग

आर्मी र जावलाखेलको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबार जारी त्रिभुवन आर्मी फुटबल क्लब र जावलाखेल युथ क्लबबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । 'फिफा डे'का कारण बीचमा एक महिनाको विश्राम पछि लिगको १०औं चरणका खेल शुक्रबारबाट सुरु भएका हुन् ।

सोही क्रममा शुक्रबार भएको पहिलो खेलमा फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइज क्लबलाई ५-२ ले पराजित गर्दै सिजनको पहिलो जित निकालेको थियो । दुवै टोलीले गोलका लागि केही मौका सृजना गरे पनि फिनिसिङमा चुक्दा स्कोर गर्न सकेनन् ।

खेलको दोस्रो मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले ६ यार्ड बक्स नजिकैबाट प्रहार गरेको बल गोल लाइनमा रहेका जावलाखेलका सुरज ज्यु ठकुरीलाई लाग्दै फर्किएको थियो ।
यस्तै, खेलको २४औं मिनेटमा जावलाखेलका ओन्गुना जुनियरले पेनाल्टी क्षेत्रको ठीक भित्रबाट प्रहार गरेको बल विकेशले मुश्किलले बचाए ।

त्यसको पाँच मिनेट नबित्दै २९औं मिनेटमा जुनियरले बक्स भित्रबाटको प्रहार आर्मीका गोलकिपर विकेशले बचाएका थिए । आर्मीका कप्तान भरतले ३१औं मिनेटमा पेनाल्टी एरियाको ठीक बाहिरबाट प्रहार गरेको बल जावलाखेलका गोलकिपरले बचाएका थिए ।

आर्मी ९ खेलबाट १७ अंक जोडेर तेस्रो स्थानमा छ भने समान खेलबाट ८ अंक जोडेको जावलाखेल ११औं स्थानमा छ ।