फाल्गुन ३, २०८२ आइतबार | ०१:४३:४७
पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि
शनिबारको दिन ट्वान्टी २० विश्वकप

विश्वकपमा नेपालको डेब्यु, कुरै अर्को

  • शरद धिताल
शरद धिताल।

सनसनी । अविश्वसनीय । चमत्कारी । स्तब्धपूर्ण । उत्कृष्ट । अरू के के । बंगलादेशले सन् २०१४ मा आयोजना गरेको ट्वान्टी–ट्वान्टी विश्वकपबारे ‘फ्ल्यास ब्याक’ मा गएर सम्झँदा यस्तै यस्तै शब्दको जालो बुनेर बखान गर्नुपर्ने हुन्छ । आखिरमा यो विश्वकपमा नेपालले डेब्यु गर्दाको क्षण न थियो । पूरा नेपाली खेलकुदकै इतिहास लेख्ने हो भने यो यस्तो प्रतियोगिता थियो, जसमा नेपालले सामना गरेको चुनौती अहिलेसम्मकै सबैभन्दा ठूलो हो ।

खेल पत्रकार भएको नाताले यो प्रतियोगिताबारे लेख्दा सम्भवतः दुई दृष्टिकोण तयार हुन्छ । पहिलो खेल पत्रकार भएर आफ्नै । दोस्रो प्रतियोगितामा नेपालले तय गरेको यात्रा । सम्भवतः दोस्रो दृष्टिकोणबारे धेरैलाई धेरै पक्ष जानकारी छ । तर नेपाली पत्रकारले त्यो समय बटुलेको सम्झना भने बेजोड छ, जसलाई पैसाले किन्न सकिन्न, सुनसँग तौलिन्न पनि पाइन्न । फेरि भनौं, खेल पत्रकारको त्यो बंगलादेश यात्रा आफैंमा ‘कुरै अर्को’ खालको थियो ।

एउटै दुःख के तथ्यमा थियो भने हामीले प्रतियोगितामा क्रममा नेपालमा बनेको माहौल देख्न पाएनौं । काठमाडौंका केही स्थानमा ठूलो पर्दामा खेल देखाइएको थियो अनि दर्शक हजारौं संख्यामा । जुन दिन नेपालको खेल थियो, धेरैभन्दा धेरै कार्यालयमा कर्मचारी नेपाली टिमको जर्सी लगाएर पुगेका थिए । पूरा देशमा क्रिकेटको क्रेज देखिएको थियो । अझ भनौं, पूरा देश नै क्रिकेटमय भएको थियो । सबैले भन्दैथिए, त्यसै भनेको होइन, खेलले देशलाई एकजुट बनाउने गर्छ भनेर ।

प्रतियोगिता भएको पनि आठ वर्ष बितिसक्यो । तर, त्यसक्रममा प्राप्त उमंग अझै ताजा छ । एउटा टिम जत्तिकै नेपाली खेल पत्रकारको समूह बंगलादेश पुगेको थियो । सूची नै बनाऔं न त्यसको । कान्तिपुरबाट हिमेशरत्न वज्राचार्य र म आफंै अनि काठमाण्डू पोस्टबाट प्रतीक्षा दुलाल, नागरिकबाट विनोद पाण्डे, रिपब्लिकाबाट प्रज्वल ओली, अन्नपूर्ण पोस्टबाट पवित्रा राउत र बीबीसीबाट निरञ्जन राजवंशी । सँगै एनटीभीबाट दुर्गानाथ सुवेदी र अनलाइनखबर डटकमबाट राजकुमार श्रेष्ठ र सुरेश भुसाल ।

हामीले दुई स्थानमा डेरा जमाएका थियौं । अभ्यास खेलका बेला ढाकामा रह्यौं । पहिलो चरणको लिग खेलका लागि चटगाउँमा । यो भ्रमणको एउटा अर्को ठूलो विशेषता के पनि थियो भने नेपाली पत्रकारका लागि स्वागत गर्न, आतिथ्यता दिन बंगलादेशी पत्रकारमाझ एक खाले प्रतिस्पर्धा नै चलेको थियो । यसका लागि हामी सबै ठूलो मन भएका बंगलादेशी पत्रकारसँग कृतज्ञ रहनु नै पर्छ । विशेषतः ढाकामा रहँदा के खाने कहाँ जाने कहिल्यै समस्या भएन ।

ढाकामा पनि हामी बसेको होटल ‘जोयकाली मन्दिर’ को छेउछाउ नै थियो । अहिले पनि यो मन्दिरको नाम लिनुपर्छ, विशेषतः दुई अनुभवी पत्रकार निरञ्जन र प्रज्वल भावविह्वल हुने गर्छन् । यति भावनात्मक छ, यो स्थान र यससँग जोडिएका घटना र अनुभव । ढाका बसाइकै क्रममा दुई अनुभव पनि आफैंमा अद्वितीय रह्यो । पहिलो, बंगबन्धु रंगशालामा भएको एआर रहमानको कन्सर्ट । त्यसमा उदित नारायणको पनि प्रस्तुति थियो ।

दोस्रो नेपालका कप्तान पारस खड्काको बेजोड पत्रकार सम्मेलन । त्यस दिन उनलाई जे जतिले सुन्न पाए, सबैको एउटै अनुभव थियो । यी कप्तानको व्यक्तित्व र बोली कोही टेस्ट कप्तानको भन्दा कमी छैन । अनि त्यही पत्रकार सम्मेलनका अवसरमा बंगलादेशी खेलाडी शकिब अल हसनसँग नजिक रहेर गर्न पाएको कुराकानी पनि कहाँ कम थियो र ? प्रतियोगिताका लागि मैदानमै फर्कने हो भने नेपालले सुरुमै दुई अभ्यास खेल खेलेको थियो, त्यसमा नेपाल दुवैमा पराजित रह्यो ।

पहिलो खेल आयरल्यान्डविरुद्ध थियो । त्यसमा नेपाल ५ पाँच विकेटले पराजित रह्यो । दोस्रो अभ्यास खेल भने यूएईसँग थियो । त्यसमा पनि नेपाल ६ विकेटले पराजित भयो । लागिरहेको थियो, अब मूल प्रतियोगितमा नेपालको प्रदर्शन असाध्यै कमजोर हुनेछ । तर त्यस्तो भएन । नेपाल आयोजक बंगलादेशसँगै अफगानिस्तान र हङकङको समूहमा थियो । लिग चरणको समाप्तिमा बंगलादेश र नेपाल समान ४ अंकमा रहे । नेपालले हङकङलाई ८० रन र अफगानिस्तानलाई ९ रन हराएको थियो ।

नेपाल नेट रनरेटले मात्र पछाडि रहेर प्रतियोगिताको मुख्य चरण पुग्न सकेको थिएन । यही चरणकै क्रममा बटुलेको अनुभव हो, जति–जति बेला नेपाली राष्ट्रिय टिमसँग नजिकबाट जोडिन्छ, भावनात्मक भइन्छ । टिमले सामना गरेका जित र हार आफ्नै जस्तो हुन्छ । जुन दिन नेपालले अफगानिस्तानलाई हराएको थियो र जब हङकङले बंगलादेशलाई पन्छाएको थियो, सायद नेपाली पत्रकारलाई समाचार लेख्न पक्कै सजिलो भएन । सबै भावनामा डुबेका थिए ।

(पूर्व खेल पत्रकार धिताल हाल अमेरिकामा छन्)