काेपा डेल रे

कोपा डेल रेको सेमिफाइनलमा पुग्नु महत्वपूर्ण उपलब्धि होइनः पेलेग्री

मड्रिड । रियाल बेटिसका प्रशिक्षक म्यानुयल पेलेग्रीले कोपा डेल रेको सेमिफाइनलमा पुग्नु ‘महत्वपूर्ण उपलब्धि’ नभएको बताएका छन् ।

बेटिसले डेल रेको क्वार्टरफाइलनमा बिहीबार रियाल सोसिडाडमाथि ४–० को जित निकाल्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । बेटिसको जितमा हुवाँन्मीले दुई गोल गर्दा विलियम्स जोस र एटेर रुबेलले समान एक गोल गरे ।

‘कोपा डेल रेको सेमिफाइनल स्थान सुरक्षित गर्न सकेकोमा म निकै सुखी छु । टोलीले जित निकाल्दा निश्चिय नै खुसी मनाइन्छ,’ पेलेग्रीले भने, ‘तर, सेमिफाइनलमा पुग्ुन महत्वपूर्ण उपलब्धि होइन । हामीले हाम्रो कामलाई निरन्तरता दिन आवश्यक छ ।’

बेटिस पछिल्लो सिजन प्रतियोगिताको क्वार्टरफाइनलबाट बाहिरिएको थियो । बेटिसले पछिल्लो तीन खेलमा १२ गोल गरेको छ ।