फाल्गुन ८, २०८२ शुक्रबार | १०:३२:५५
जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान
शनिबारको दिन किरण चेम्जोङ

किरण, कप्तानी र निरन्तरता

काठमाडौं । फुटबल कप्तान को त ? टिममा नियमित स्थान हकले पाउने खेलाडी कि टिमका सबैभन्दा अनुभवी खेलाडी ? अनुभवी खेलाडी पनि त्यस्ता होस्, जसकोे टिममा सुरुआती स्थान पाउने सम्भावना कम छ ।

नेपाली फुटबलमा यस्तै कुरा प्रायः बहसको विषय हुने गर्छ । फेरि यो बहस पहिले थियो, अहिले पनि छ । केही वर्षअगाडिसम्म नेपाली फुटबलका लागि कप्तान को हुने हो भन्नेमा अन्यौल थियो, जुन पटक्कै सुखद थिएन । तर, अहिले यो धेरै हदसम्म सेलाएको छ ।

यसको कारण हो किरण चेम्जोङले कप्तानीमा दिएको निरन्तरता । किरण नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलरक्षक हुन् । उनको विकल्पमा सोच्न गाह्रै छ । यस्तोमा उनी निरन्तर टिममा परिरहेका छन् ।

नेपालका लागि सबैभन्दा बढी खेल खेल्ने खेलाडी पनि हुन् । त्यो भनेको उनी टिमकै सबैभन्दा अनुभवी खेलाडीमा पर्छन् । यस्तोमा उनको कप्तानीलाई लिएर प्रश्न उठाउने स्थान नै रहेन । स्वयं मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पनि यस्तै मान्छन् ।

अल्मुताइरी भनिसकेका छन्, किरण नेपाली टिमको नेतृत्वकर्ता हुन्, मैदानमा उनको उपस्थिति आवश्यक छ । मोरिससविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल उनले नेपाली टिमको नेतृत्व सम्हालेको २४ औं प्रतिस्पर्धा हो ।

किरणलाई सबैभन्दा पहिले कप्तानी दिने प्रशिक्षक हुन् बालगोपाल महर्जन । सन् २०१८ मा बंगलादेशको ढाकामा भएको साफ च्याम्पियनसिपका बेला किरण पहिलोपल्ट कप्तान बनेका थिए । उनको कप्तानीमा पहिलो खेल भने भुटानविरुद्ध थियो ।

त्यही बेला प्रशिक्षक महर्जन भन्थे, जसले टिममा नियमित स्थान पाउने निश्चित हुन्छ, कप्तानीमा पनि उनकै हक हुन्छ । तर, महर्जन आफैं पनि यो दाबीमा धेरै समय टिक्न सकेनन् । त्यस साफ च्याम्पियनसिप नै नेपालले तीन कप्तानको नेतृत्वमा खेलेको थियो । नेतृत्वको अवसर पाएका अन्य दुई खेलाडी थिए विराज महर्जन र भरत खवास ।

सन् २०२१ मा काठमाडौमा भएको थ्री नेसन्स कपदेखि भने किरण निरन्तर कप्तानीमा छन् । यो क्रम अझै अगाडि बढ्ने निश्चित छ ।

त्यस अगाडि पालैपालो जस्तो अनिल गुरुङ, विराज महर्जन र भरत कप्तान बने । अझ एक खेलकै लागि सुजल श्रेष्ठ पनि कप्तान भए । यसमध्ये विराजले भने लामै समय कप्तानीको अवसर पाए । उनले १८ खेलमा नेतृत्व दिए । त्यसअघि लामै समय कप्तान रहे सागर थापा । उनको नाम लिनेबित्तिकै खेल मिलेमतोको प्रसंग त्यसै जोडिन्छ । यो कुनै चर्चा गर्नलायकको विषय भने होइन । उनी नेपाली फुटबलले पाएका अब्बल दर्जाका खेलाडी थिए । तर, उनले आफ्नो खेलजीवनलाई नै न्याय गर्न सकेनन् ।

सागरले ४२ खेलमा नेपालको कप्तानी गरे, जुन आफैंमा कीर्तिमान हो । त्यस अर्थमा नेपालका लागि सर्वाधिक बढी खेलमा कप्तानी गर्ने अहिलेसम्म सागर नै हुन् । उनले सबैभन्दा पहिले सन् २००९ को एएफसी च्यालेन्ज कपमा कप्तानी सम्हालेका थिए । सागर पनि टिममा लगभग सबै अवसरमा पहिलो रोजाइका खेलाडी रहे । त्यसैले उनी पनि पहिलो रोजाइकै कप्तानी रहन सफल भए । त्यसअघि को–को कप्तान थिए त नेपाली राष्ट्रिय टिमको ? त्यसका लागि अब सुरुदेखि चर्चा गर्दा ठीक हुन्छ ।

नेपालले सन् १९८२ देखि आधिकारिक फुटबल खेल्न थालेको तथ्यमा टिकेरभन्दा नेपालको पहिलो कप्तान हुन्, रूपकराज शर्मा । त्यसपछि कप्तान भए, सुरेश पन्थी । गणेश थापा नेपालका तेस्रो कप्तान हुन् । उनले लामै समय नेतृत्वको अवसर पाए । यसबीच श्रीराम रञ्जितकार पनि कप्तान बनेका छन् । थापापछि कप्तान हुने पालो थियो राजुकाजी शाक्यको । उनले पनि लामै समय कप्तानी भूमिका निभाए । शाक्यपछि एकै खेलका लागि वसन्त गुरुङ कप्तान बनेका थिए ।

दीपक अमात्य त्यसपछिका कप्तान रहे । यसैबीच देवनारायण चौधरीले पनि एकै खेलमा भए पनि कप्तानी भूमिका खेले । अनि पालो आयो उपेन्द्रमान सिंहको । उनी कप्तानी हुँदै बीचमा तिनै बालगोपाल महर्जनको हातमा पनि आर्मब्यान्ड देखियो । कप्तान हुने सूचीमा थपिने अन्य नाम हुन् हरि खड्का, वसन्त थापा र राकेश श्रेष्ठ । राकेशपछि त सागरले टिम सम्हालेका थिए । कम्तीमा अहिले किरण लयमा रहेसम्म नेपाली फुटबलको कप्तान को भन्ने विवाद देखिने छैन ।