काठमाडौं। इमो इजिकेल र इबु पापा केबेले ललितपुर सिटी एफसीबाटै नेपाल सुपर लिग ( एनएसएल) खेल्ने भएका छन् ।
साबिक विजेता ललितपुरले तेस्रो संस्करणका लागि पनि यी दुई खेलाडीलाई अनुबन्ध गरेको जानकारी दियो ।
दुवै खेलाडी बुधबार नेपाल आइपुगेका छन् । नाइजेरियन फरवार्ड इजिकेलले गत संस्करणमा सर्वाधिक ६ गोल गरेका थिए ।
उनले धनगढी एफसीविरुद्धको फाइनलमा दुई गोल गरेका थिए । यसैगरी फ्रेन्च फरवार्ड केबेले तीन गोल गरेका थिए।
केबेलाई भुटानी स्ट्राइकर चेन्चो ग्याल्ट्सेनको स्थानमा टोलीमा समावेश गरिएको ललितपुरले जनाएको छ । ग्याल्ट्सेन घाइते भएका कारण एनएसएलमा अनुपस्थित हुने भएका छन् ।
ललितपुरले यसअघि फ्रेन्च गोलकिपर जेफ्री बाल्टुसलाई रिटेन गर्दा हाइटीका विंगर केर्भेन्स बेलफोर्ट र प्यालेस्टिनी मिडफिल्डर जोनाथन कान्तिल्लानालाई अनुबन्ध गरेको थियो ।
राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङलाई मार्की खेलाडीमा निरन्तरता दिएको ललितपुरले इङ्ल्यान्डका साइमन ग्रेसनलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।
एनएसएलको तेस्रो संस्करण चैत १६ बाट सुरु हुँदैछ छ । ललिपुरले उद्घाटन खेलमा काठमाडौं रेजर्सको सामना गर्नेछ ।
यसपल्ट यी दुईसँगै झापा एफसी, एफसी चितवन, एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरि सात टोलीले मात्रै सहभागिता जनाउने छन् ।