मंसिर ९, २०८२ मंगलबार | १९:४५:०५
काठमाडौंको दोस्रो जित, लुम्बिनीको लगातार हार पावरप्लेमा लुम्बिनीले जोड्यो ४९ रन करणको आक्रमक ब्याटिङमा लुम्बिनीविरुद्ध काठमाडौंको प्रतिस्पर्धात्मक लक्ष्य काठमाडौंले पावरप्लेमा जोड्यो ४२ रन म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित एनपिएलः दोस्रो जितको लक्ष्यमा काठमाडौं र लुम्बिनी शतक र अर्धशतक बनाए लुम्बिनीका खेलाडी नगदबाट पुरस्कृत हुने च्यारिटी डिनरबाट सहारा एकेडेमीलाई १७ लाख आरा रारा गोल्डकप माघको अन्तिमबाट दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा कर्णालीविरुद्ध सुदूरपश्चिमको रवाफिलो जित काठमाडौंको दोस्रो जित, लुम्बिनीको लगातार हार पावरप्लेमा लुम्बिनीले जोड्यो ४९ रन करणको आक्रमक ब्याटिङमा लुम्बिनीविरुद्ध काठमाडौंको प्रतिस्पर्धात्मक लक्ष्य काठमाडौंले पावरप्लेमा जोड्यो ४२ रन म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित एनपिएलः दोस्रो जितको लक्ष्यमा काठमाडौं र लुम्बिनी शतक र अर्धशतक बनाए लुम्बिनीका खेलाडी नगदबाट पुरस्कृत हुने च्यारिटी डिनरबाट सहारा एकेडेमीलाई १७ लाख आरा रारा गोल्डकप माघको अन्तिमबाट दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा कर्णालीविरुद्ध सुदूरपश्चिमको रवाफिलो जित
शनिबारको दिन नेपाल सुपर लिग

एनएसएलमा किन अपहेलित नेपाली गोलकिपर ?

काठमाडौं । गोलकिपर किरण लिम्बूले सायद त्यतिबेला त्यस्तो नबोलेको भए हुन्थ्यो । अझ सायद त्यतिबेला उनलाई पत्रकारले त्यस्तो प्रश्न नगरेको भए पनि हुन्थ्यो । सिंगापुर र मलेसियाविरुद्धको अन्तर्राष्ट्रिय खेल खेल्न जानु अगाडि नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइका बेला मिडियासामु प्रस्तुत हुने क्रममा कप्तान तथा गोलकिपर किरणले नेपाल सुपर लिग (एनएसएल) २०२५ बारे पनि बोले । खासमा उनले बोलेको मात्र थिएनन्, धेरै पो बोले कि । त्यसैले त उनले नबोलेको भए हुन्थ्यो कि भन्नुपर्ने स्थिति आयो ।

अथवा उनलाई एनएसएल बारे प्रश्न नै नगरिएको भए हुन्थ्थो कि ? नेपाली राष्ट्रिय टिमका सबैभन्दा अनुभवी खेलाडी अहिले क्लबविहीन छन् । मुख्य कुरा उनले यसपालि एनएसएल खेल्ने छैनन् । खेलाडीको अक्सन चल्दा सुरुमा उनको नाम थियो ।

पछि त्यही नाम हटाइयो । कारण ? कारण स्पष्ट छ । एनएसएलमा कुनै टिमबाट खेल्ने हो भने किरणले मागेको पारिश्रमिक मोटो थियो । आफूले भने जस्तो नपाएपछि उनले नखेल्नु नै ठीक माने ।

यसपल्टको एनएसएलमा नेपाली फुटबलको प्रतिनिधित्व गर्दै सम्भवतः मैदानमा एकै गोलकिपरमात्र उत्रने छन् । उनी हुन्, दीप कार्की । 

क्लबहरूले पनि किरणलाई अनुबन्ध गर्न सक्ने आँट र बहादुरी दुवै देखाउन सकेनन् । किरण जत्तिको खेलाडीलाई आफ्नो बनाउने हैसियत कसैको थिएन कि ? त्यही बिदाइका बेला किरणले एनएसएल आफूले सोचे जस्तो व्यावसायिक हुन नसकेको आरोप पनि लगाए ।

पहिलो संस्करणमा धनगढीका कप्तान तथा गोलपिकर किरणकुमार लिम्बु । 

उनले जुन अनुमानअनुसार एनएसएलको विकास र विस्तार हुने अनुमान गरेका थिए, त्यो भएको थिएन । उनको सुझाव थियो, यत्तिकैमा यसरी नै एनएसएल चुपचाप अगाडि बढ्नु ठीक हुन्न ।

पूरा घटनाक्रमको अर्को पाटो पनि छ । सायद एनएसएललाई लिएर किरण केही आक्रामक हुनु पछाडि यसपल्टको संस्करणले नेपाली गोलकिपरलाई नै अपहेलना गर्नु पनि प्रमुख कारण थियो कि ? किरणको मनको कुरा अब अरूले कसरी पो बुझन सक्नु र ? तर सजिलै अनुमान गर्न सकिन्छ, उनको मनभित्र पक्कै पीडा हुनुपर्छ, यसपल्टको एनएसएलमा नेपाली गोलकिपरले ठाउँ नै नपाउनुमा । उनलाई मात्र होइन, नेपाली फुटबल मन पराउने जतिलाई यो चिन्ताकै विषय हो ।

साँच्चै यसपल्टको एनएसएलमा नेपाली फुटबलको प्रतिनिधित्व गर्दै सम्भवतः मैदानमा एकै गोलकिपरमात्र उत्रने छन् । उनी हुन्, दीप कार्की । उनले बुटवल–लुम्बिनीका लागि खेल्नेछन् । यसपल्टको मिनी–अक्सनको सबैभन्दा ठूलो विशेषता भन्नु नै टिमहरूले अत्यधिक मात्रामा विदेशी खेलाडीमा रुचि देखाउनु हो, त्यसमा पनि गोलकिपरमाथि । अक्सनका बेला टिमहरू गोलकिपरको पालो आउँदा निस्क्रिय रहे । उनीहरूलाई कसैले किन्न चाहेनन् ।

एकपल्ट मैदानमा टिमका आधा जति खेलाडी विदेशी हुन्छन् भने डर छ । गोलकिपर मात्र के ? पूरापूर नेपाली खेलाडी नै ओझेलमा पर्न बेर छैन । 

अब जतिबेला एनएसएलको तेस्रो संस्करण सुरु हुनेछ, त्यतिबेला मैदानमा जताततै विदेशी गोलकिपर छाउने छन् । यस्तोमा केही प्रश्न स्वभाविक रूपमा उठ्ने छ । के नेपाली गोलकिपरहरू कमजोर छन् ?

दोस्रो संस्करणमा सहभागिता जनाएको इलामको टोली । 

स्तरमा उनीहरू पछाडि छन् ? यस्तो हो भने यो नेपाली फुटबलकै लागि चिन्ताको विषय भयो । होइन, जति नै हाम्रा गोलकिपर राम्रा भए पनि एनएसएल टिमले उनीहरूमा रुचि देखाएनन् । यस्तो हो भने यो नेपाली फुटबलकै लागि झन पो ठूलो चिन्ताको विषय भयो ।

यदि नेपाली फुटबलमा ‘थिंक ट्यांक’ छ भने यो उनीहरूका लागि भने प्रश्न हो । साँच्चै यसपल्टको एनएसएलमा नेपाली गोलकिपरहरू किन अपहेलनामा परे ? एउटा तथ्य निश्चित छ, यसपल्टको प्रतियोगिता कसले जित्ने हो र कसले नजित्ने हो, त्यो सबै नितान्त विदेशी खेलाडीकै प्रदर्शनमा भर पर्नेछ ।

अब एकपल्ट मैदानमा टिमका आधा जति खेलाडी विदेशी हुन्छन् भने डर छ । गोलकिपर मात्र के ? पूरापूर नेपाली खेलाडी नै ओझेलमा पर्न बेर छैन । 

दोस्रो संस्करणमा उत्कृष्ट गोलकिपर चुनिएका फ्रेन्च खेलाडी जेफ्री बाल्टुस ।