चैत्र १८, २०८१ सोमबार | १७:४४:३७
लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती इन्टर मिलानको रोमाञ्चक जित पुनरागमन जित निकाल्दै सिटी सेमिफाइनलमा राजस्थानको पहिलो जित, चेन्नई लगातार दोस्रो खेलमा पराजित युवाको जोशमा सफलता खोज्दै पोखरा चितवनसँग कागजको छवीलाई मैदान उतार्ने चुनौती लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती इन्टर मिलानको रोमाञ्चक जित पुनरागमन जित निकाल्दै सिटी सेमिफाइनलमा राजस्थानको पहिलो जित, चेन्नई लगातार दोस्रो खेलमा पराजित युवाको जोशमा सफलता खोज्दै पोखरा चितवनसँग कागजको छवीलाई मैदान उतार्ने चुनौती
शनिबारको दिन नेपाल सुपर लिग

एनएसएल खेल्न आएका हेर्नलायक विदेशी खेलाडी

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आज शनिबार सुरु हुँदै छ । दशरथ रंगशालामा हुने प्रतियोगितामा सात फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । यसपल्ट साबिक विजेता ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, झापा एफसी, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स एफसी र बुटवल लुम्बिनी एफसी गरी सात टोलीले मात्र सहभागिता जनाउने छ ।  

आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) का अनुसार गत संस्करणमा सहभागिता जनाएका वीरगन्ज युनाइटेड र स्पोर्टिङ इलाम डी मेची एफसीले भने नाम फिर्ता लिएको छ ।

आयोजकले यस संस्करणमा हरेक टोलीले ६ विदेशी खेलाडी राख्न पाउने प्रावधान राखेको छ । अघिल्लो संस्करणमा ५ खेलाडी मात्रै राख्न पाउने नियम थियो ।

धेरै विदेशी खेलाडीले पहिलो पटक एनएसएलको अनुभव लिँदै छन् । यसपटक पनि फ्रेन्चाइज टोली विदेशी खेलाडीको प्रदर्शनमै निर्भर रहने देखिन्छ ।

प्रतियोगिताका लागि प्रायः सबै टोलीले आफ्ना विदेशी खेलाडी सार्वजनिक गरिसकेका छन् । अब पोखरा थन्डर्सले दुई तथा झापा र धनगढी एफसीले समान एक खेलाडी सार्वजनिक गर्न बाँकी छ ।

यसपटक फ्रेन्चाइज टोलीले नाइजेरिया, उज्वेकिस्तान, इङ्ल्यान्ड, फ्रान्स, ब्राजिल, मोरक्को, जापान, सेनेगल, हाइटी, कोलम्बिया, प्यालेस्टाइन, सिएरा लियोन, अमेरिका, लेबनान, क्यामरुन, स्कटल्यान्ड, सर्बिया र मेन्टेनेग्रोका खेलाडीलाई भित्र्याएका छन् ।

यसमध्ये धेरै खेलाडीले पहिलो पटक एनएसएलको अनुभव लिँदै छन् । यसपटक पनि फ्रेन्चाइज टोली विदेशी खेलाडीको प्रदर्शनमै निर्भर रहने देखिन्छ ।

एनएसएलमा हेर्नलायक विदेशी खेलाडी

इमो इजीकेल (नाइजेरिया) 

 एनएसएल ट्रफीका साथ इमो इजीकेल ।

नाइजेरियन फरवार्ड इमो इजीकेलले लगातार दोस्रो संस्करण ललितपुर सिटीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । गत संस्करण ललितपुर च्याम्पियन बन्दा इजीकेलले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी ६ गोलका साथ सर्वाधिक गोलकर्ता बनेका थिए ।

उनले धनगढी एफसीविरुद्ध फाइनलमा दुई गोल गरेका थिए । ललितपुरले यस संस्करणमा पनि इजीकेलबाट यस्तै प्रदर्शनको आस गरेको छ । सन् २०१७–१८ को सिजनमा लास पाल्मसबाट ला लिगाको अनुभव लिएका इजीकेलले बेल्जियम, कतार, युएई र रोमानियाको लिग खेलेका छन् ।

उनी पछिल्लो पटक रोमानियन लिगको क्लब युटा अरादको जर्सीमा देखिएका थिए । इजीकेलले नाइजेरियन राष्ट्रिय टोलीका लागि मात्र एक खेल खेल्न पाएका छन् । उनले सन् २०१४ मा राष्ट्रिय टोलीको जर्सी लगाएका थिए ।

ललितपुरले फ्रेन्च गोलकिपर जेफ्री बाल्टुस र फरवार्ड इबु पापा केबेलाई निरन्तरता दिँदा नयाँ खेलाडीका रूपमा हाइटीका विंगर केर्भेन्स बेलफोर्ट, सेनेगलका रक्षक पापे अब्दुलाय डियाकिटे र प्यालेस्टिनी मिडफिल्डर जोनाथन कान्तिल्लाना अनुबन्ध गरेको छ । राष्ट्रिय टोलीका रक्षक अनन्त तामाङलाई मार्की खेलाडीमा निरन्तरता दिएको ललितपुरले इङ्ल्यान्डका साइमन ग्रेसनलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।

भिसेन्ट कोजिएलो (फ्रान्स)

भिन्सेन्ट कोजिएलो (बायाँ) लाई स्वागत गरिदै ।  

फ्रान्सका मिडफिल्डर भिन्सेन्ट कोजिएलोलाई काठमाडौं रेजर्सले अनुबन्ध गरेको छ । उनी पहिलो पटक नेपाली फुटबलमा खेल्दै छन् । कोजिएलोले फ्रान्सको यु–१९, २० र २१ टोलीबाट खेलिसकेका छन् । उनीसँग निसबाट फ्रेन्स लिग वान र एफसी कोलोनबाट जर्मन बुन्डेसलिगा खेलेको अनुभव छ । हाल बेल्जियमको केभी ओस्टेन्डमा अनुबन्ध भएका कोजिएलो सन् २०२३ देखि भिटर्नबाट लोनमा खेलिरहेका थिए ।

कोजिएलोले निसबाट सन् २०१७-१८ सिजनको फ्रेन्च लिग वानको पनि अनुभव लिइसकेका छन् । एनएसएलको तेस्रो संस्करणमा उनी काठमाडौंका लागि प्रमुख विदेशी खेलाडीका रूपमा रहनेछन् ।

काठमाडौंले यो संस्करणका लागि क्लबले सिएरा लियोनका फरवार्ड मोहम्मद बुया तुरे, सेनेगलका गोलकिपर चेइख गुऐ, रक्षक बाकरी माने र विंगर अमाडो डिओपसँग सम्झौता गरेको छ । काठमाडौंको मार्की खेलाडीमा मिडफिल्डर रोहन कार्की छन् । टोलीले बेल्जियमका प्याट्रिक डी विल्डेलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।

टोरिक जेब्रिन (घाना)

 टोरिक जेब्रिन ।

घानाका मिडफिल्डर टोरिक जेब्रिनले एफसी चितवनबाट लगातार दोस्रो संस्करण नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् ।  नेपालको शीर्ष डिभिजन लिग खेलिसकेका जेब्रिनसँग घाना, इङ्ल्यान्ड, बेल्जियम, इजिप्ट, टर्की, साउदी अरेयिबा र माल्दिभ्सको क्लबबाट खेलेको अनुभव छ । उनले फ्रेन्ड्स क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका थिए ।

चितवनले यसअघि अमेरिकाका जोनाथन क्याम्पबेल, उज्वेकिस्तानका नोदिरबेक माभलोनोभ, जमैकाका अमल नाइट, अमेरिकाका भिक्टर मानसारे र नाइजेरियन फरवार्ड युसुफ मलिकलाई भित्र्याएको छ । राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्टलाई मार्की बनाएको चितवनले नवीन न्यौपानेलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।

स्टेफन समीर बिनोङ (क्यामरुन)

खुमलटारको जर्सीमा स्टेफन समीर बिनोङ । 

नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली पोखरा थन्डर्सले क्यामरुनी फरवार्ड स्टेफन समीरलाई अनुबन्ध गरेको छ । उनी लगातार तेस्रो संस्करण एनएसएल खेल्दैछन् । बिनोङले नेपालको शीर्ष डिभिजनको पनि अनुभव लिइसकेका छन् । बिनोङले हिमालयन शेर्पा, न्युरोड टिम (एनआरटी) र एफसी खुमलटारबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका थिए । काठमाडौं रेजर्सबाट एनएसएलको पहिलो संस्करण जितेका बिनोङले गत संस्करण बुटवल लुम्बिनी एफसीबाट खेलेका थिए ।

बिनोङ पछिल्लो पटक आइ लिगको टोली दिल्ली एफसीको जर्सीमा देखिएका थिए । उनले एनएसएलका दुवै संस्करणमा समान तीन गोल गरेका छन् । पोखराले हालसम्म विदेशी खेलाडीका रूपमा नाइजेरियाका माइकल चुक्वुबुन्ना, उज्वेकिस्तानका साइददोस्तोन जाफारोभ र क्यामरुनका बिएस्सी न्याक्वेलाई सार्वजनिक गरेको छ । पोखराको मार्की खेलाडीमा समीर तामाङ छन् । टोलीले आयुश घलानलाई कप्तान तथा सुमन श्रेष्ठलाई प्रशिक्षक बनाएको छ ।

फ्याङ्क रोस (स्कटल्यान्ड) 

 फ्याङ्क रोस ।

स्कटिस मिडफिल्डर फ्याङ्क रोस नेपाल सुपर लिग (एनएसएल)का लागि फ्रेन्चाइज टोली बुटवल लुम्बिनीमा अनुबन्धित भएका छन् ।  रोसले पहिलो पटक एनएसएलको अनुभव लिँदै छन् । उनले स्कटल्यान्डको यु-१५, १६, १७ र १९ टोलीबाट खेलिसकेका छन् । रोससँग स्कटल्यान्ड, नेदरल्यान्ड्स र अमेरिकाको लिग खेलेको अनुभव छ ।

पछिल्लो पटक उनी अमेरिकाको वान नक्सभिल एफसीको जर्सीमा देखिएका थिए । बुटवलले यो संस्करणका लागि नाइजेरियन मिडफिल्डर इजीकेल ओजिदिझा तमारा, इङ्लिस रक्षक नाथन माभिला, जापानी फरवार्ड केन्ता हारा, इङ्लिस रक्षक एडम मिटर र घानाका स्ट्राइकर टिटे फिलिप्स अजालाई भित्र्याएको छ । राष्ट्रिय टोलीका मिडफिल्डर मनीष डाँगीलाई मार्की बनाएको बुटवलले भुटानका पुष्पलाल शर्मालाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।

आफिज ओलावाले (नाइजेरिया)

एनएसएलको दोस्रो संस्करणमा इलामविरुद्ध गोल गरेपछि खुसीयाली मनाउँदै अफिज ओलावाले । 

नाइजेरियन फरवार्ड आफिज ओलावाले नेपाली फुटबल समर्थकमाझ परिचित नाम हो । उनी करिब डेढ दशकयता नेपालमा खेलिरहेका छन् । ओलावालेले मनाङ मस्र्याङ्दी र चर्च ब्वाइज युनाइटेडबाट शीर्ष डिभिजनको अनुभव लिइसकेका छन् । उनी पछिल्लो संस्करणको लिगका उच्च गोलकर्ता हुन् । ओलावाले लगातार तेस्रो संस्करण धनगढी एफसीबाट नेपाल सुपर लिग खेल्दै छन् ।

उनले अघिल्ला दुवै संस्करणमा धनगढीलाई फाइनलमा पुर Þ्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ओलावालेले अघिल्ला दुवै संस्करणमा समान चार गोल गरेका थिए । धनगढीले यस संस्करणमा लागि ब्राजिलियन विंगर सर्जियो बार्बोजा, लेबनानका फरवार्ड अहमद हिजाजी, नाइजेरियाका फरवार्ड आफिज ओलावाले, मोरक्कोका मिडफिल्डर मोहम्मद एल जाउआनी, स्पेनिस गोलकिपर वालिद बिरोउ र कोलम्बियन रक्षक जर्ज काइसेडोसँग सम्झौता गरेको छ । राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर कृतिसरत्न छुन्जु मार्की रहेको धनगढीले स्पेनका जुआन म्यानुएल मार्टिनेज सेजलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।

अल्हाजी गेरो (नाइजेरिया)

 अल्हाजी गेरो ।

नाइजेरियाका स्ट्राइकर अल्हाजी गेरोले झापा एफसीबाट एनएसएल खेल्ने भएका छन् । उनी पहिलो पटक एनएसएलको अनुभव लिँदै छन् । गेरोले स्विडेन, डेनमार्क, इरान, इन्डोनेसिया र भियतनामको शीर्ष डिभिजन लिग खेलेका छन् ।

 उनले स्विडेनको ओस्टरसुन्ड एफकेबाट युइएफए युरोपा लिगको अनुभव लिएका छन् । उनले नाइजेरियाको सिनियर टोलीका लागि भने एक खेलमा मौका पाएका छन् ।

गेरोले सन् २०१३ मा आइभोरी कोस्टविरुद्धको खेलमा नाइजेरियाको जर्सी लगाएका थिए । यस संस्करणका लागि झापाले उज्वेकिस्तानका अजमत अब्दुल्लेभ र मुहम्मद इसाएव, सर्बियाका लाजर आर्सिक तथा मोन्टेनेग्रोका नेमान्जा लेमाजिचसँग सम्झौता गरेको छ । लाकेन लिम्बूलाई मार्की बनाएको झापाले छिरिङ लामालाई रिटेन गरेको छ । क्लबले प्रशिक्षण जिम्मेवारी प्रवेश कटुवाललाई सुम्पिएको छ ।