चैत्र ६, २०८२ शुक्रबार | ०६:५१:३३
रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन

गणतन्त्र दिवसको अवसरमा प्रचण्ड कप भलिबल हुने

सांकेतिक तस्विर ।

काठमाडौं । अखिल नेपाल खेलकुद महासंघले आगामी वर्ष प्रचण्ड कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता गर्ने भएको छ ।

महासंघको केन्द्रीय समितिको विस्तारित बैठकले लामो इतिहास बोकेको राष्ट्रिय खेलकुद प्रभावित नगर्न माग गर्दै आफ्ना विभिन्न कार्यक्रमहरू सार्वजनिक गरेको हो । गणतन्त्र दिसको अवसर पारेर प्रचण्ड कप पुरुष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगिता गर्न लागेको महासंघका महासचिव अन्जन धमलाले जानकारी दिए ।

प्रचण्ड नेतृत्व सरकारले नै भलिबललाई राष्ट्रिय खेल घोषणा गरेकाले गणतन्त्र दिवसका अवसरमा सोही खेलको प्रतियोगिता आयोजना गर्न लागिएको महासंघ महासचिव अन्जन धमलाले जानकारी दिए ।

‘तत्कालीन प्रचण्ड सरकारले २०७४ साल जेठ ९ गते भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । त्यसैले पनि जेठमा नै भलिबल प्रतियोगिता गर्न लागेका हौं,’ महासचिव धमलाले भने ,‘यो प्रतियोगिता बृहत र विशेष हुन्छ । त्यसबारे थप जानकारी पछि दिनेछौं ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा बसेको महासंघको केन्द्रीय समितिको विस्तारित बैठकले महŒवपूर्ण ६ वटा निर्णय गरेको थियो ।

आगामी २०८२ साल मंसिर ८ गते पूर्वजनमुक्ती सेना राष्ट्रिय फुटबल प्रतियोगिता गर्ने महासंघले जनाएको छ ।  व्यापक र व्यावसायिक खेल, खेलाडीको सम्मान, समाजवादको यात्रामा दोस्रो राष्ट्रिय सम्मेलन भन्ने मूल नाराका साथ महासंघको राष्ट्रिय सम्मेलन सोही वर्षको असार ६ र ७ गते काठमाडौंमा गर्ने निर्णय गरिएको छ ।

महासंघले योङ ब्रदर्स तेक्वान्दो क्लबसँगको सहकार्यमा आगामी जेठ २ र ३ गते  एसियन मार्सल आर्ट्स गेम्स तथा खेलकुद महोत्सव गर्ने भएको छ ।

उअध्यक्ष प्रचण्डको नेतृत्व तत्कालीन सरकारले ६० करोड विनियोजन गर्दै गत मंसिरमा नै कर्णाली प्रदेशमा बृहत दशौं राष्ट्रिय खेलकुद सम्पन्न गर्ने वातावरण सिर्जना गरेको महासंघले गरेको छ ।

पहिलोपल्ट राष्ट्रिय खेलकुद आयोजनाअगावै बजेट सुनिश्चिता हुँदा पनि खेलकुद सञ्चानल हुन नसक्नुले खेलाडीहरू खेल्न पाउने अधिकारबाट बन्चित भएको महासंघले चिन्ता व्यक्त गरेको छ । साथै महासंघले तेस्रोपल्ट आयोजना मिति तय भए पनि वर्तमान सरकारले बजेट कटौती गरेको हुँदा अभैm अनिश्चितताको बाटोतर्फ  देखिएको आरोप लगाएको छ ।

महासंघका अध्यक्ष शिव कोइराला ‘ज्वाला’ ले नेपाली खेलकुदको विकास, विस्तारसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता दिलाउनका लागि मद्दत पुग्ने गरी काम गर्न सदैव अग्रसर हुने विश्वास व्यक्त गरेका छन् ।

खेलकुद महासंघका इन्चार्ज दीपक कोइराला ‘रूपक’ ले परम्परागत शैलीको प्रतिस्पर्धाभन्दा पनि खेलकुदको व्यावसायीकरण गर्दै समग्र नेपाली खेलकुदलाई नै माथि उठाउन देशका सम्पूर्ण नागरिक नै एक हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो