माघ ४, २०८२ आइतबार | ०७:३९:०४
रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी

गणतन्त्र दिवसको अवसरमा प्रचण्ड कप भलिबल हुने

सांकेतिक तस्विर ।

काठमाडौं । अखिल नेपाल खेलकुद महासंघले आगामी वर्ष प्रचण्ड कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता गर्ने भएको छ ।

महासंघको केन्द्रीय समितिको विस्तारित बैठकले लामो इतिहास बोकेको राष्ट्रिय खेलकुद प्रभावित नगर्न माग गर्दै आफ्ना विभिन्न कार्यक्रमहरू सार्वजनिक गरेको हो । गणतन्त्र दिसको अवसर पारेर प्रचण्ड कप पुरुष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगिता गर्न लागेको महासंघका महासचिव अन्जन धमलाले जानकारी दिए ।

प्रचण्ड नेतृत्व सरकारले नै भलिबललाई राष्ट्रिय खेल घोषणा गरेकाले गणतन्त्र दिवसका अवसरमा सोही खेलको प्रतियोगिता आयोजना गर्न लागिएको महासंघ महासचिव अन्जन धमलाले जानकारी दिए ।

‘तत्कालीन प्रचण्ड सरकारले २०७४ साल जेठ ९ गते भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । त्यसैले पनि जेठमा नै भलिबल प्रतियोगिता गर्न लागेका हौं,’ महासचिव धमलाले भने ,‘यो प्रतियोगिता बृहत र विशेष हुन्छ । त्यसबारे थप जानकारी पछि दिनेछौं ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा बसेको महासंघको केन्द्रीय समितिको विस्तारित बैठकले महŒवपूर्ण ६ वटा निर्णय गरेको थियो ।

आगामी २०८२ साल मंसिर ८ गते पूर्वजनमुक्ती सेना राष्ट्रिय फुटबल प्रतियोगिता गर्ने महासंघले जनाएको छ ।  व्यापक र व्यावसायिक खेल, खेलाडीको सम्मान, समाजवादको यात्रामा दोस्रो राष्ट्रिय सम्मेलन भन्ने मूल नाराका साथ महासंघको राष्ट्रिय सम्मेलन सोही वर्षको असार ६ र ७ गते काठमाडौंमा गर्ने निर्णय गरिएको छ ।

महासंघले योङ ब्रदर्स तेक्वान्दो क्लबसँगको सहकार्यमा आगामी जेठ २ र ३ गते  एसियन मार्सल आर्ट्स गेम्स तथा खेलकुद महोत्सव गर्ने भएको छ ।

उअध्यक्ष प्रचण्डको नेतृत्व तत्कालीन सरकारले ६० करोड विनियोजन गर्दै गत मंसिरमा नै कर्णाली प्रदेशमा बृहत दशौं राष्ट्रिय खेलकुद सम्पन्न गर्ने वातावरण सिर्जना गरेको महासंघले गरेको छ ।

पहिलोपल्ट राष्ट्रिय खेलकुद आयोजनाअगावै बजेट सुनिश्चिता हुँदा पनि खेलकुद सञ्चानल हुन नसक्नुले खेलाडीहरू खेल्न पाउने अधिकारबाट बन्चित भएको महासंघले चिन्ता व्यक्त गरेको छ । साथै महासंघले तेस्रोपल्ट आयोजना मिति तय भए पनि वर्तमान सरकारले बजेट कटौती गरेको हुँदा अभैm अनिश्चितताको बाटोतर्फ  देखिएको आरोप लगाएको छ ।

महासंघका अध्यक्ष शिव कोइराला ‘ज्वाला’ ले नेपाली खेलकुदको विकास, विस्तारसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता दिलाउनका लागि मद्दत पुग्ने गरी काम गर्न सदैव अग्रसर हुने विश्वास व्यक्त गरेका छन् ।

खेलकुद महासंघका इन्चार्ज दीपक कोइराला ‘रूपक’ ले परम्परागत शैलीको प्रतिस्पर्धाभन्दा पनि खेलकुदको व्यावसायीकरण गर्दै समग्र नेपाली खेलकुदलाई नै माथि उठाउन देशका सम्पूर्ण नागरिक नै एक हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate