फाल्गुन १६, २०८२ शनिबार | ०९:३५:४१
ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल लालिगुराँससँग फ्रेन्ड्सले अंक खोस्यो इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन कोशी प्राइड लिगको मिति धकेलियो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल लालिगुराँससँग फ्रेन्ड्सले अंक खोस्यो इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए एलआरआई स्कुल च्याम्पियन कोशी प्राइड लिगको मिति धकेलियो
शनिबारको दिन

के भयो ब्राजिली फुटबललाई ?

काठमाडौं । अलिकति इतिहास पल्टाउने हो भने पाउँछौं, ब्राजिली फुटबल टिमको अर्थ भन्नु नै विश्वकपमा सफलता । यसका एकसेएक स्टार खेलाडी । अनि तिनीहरूले पस्कने, जादुयी मीठो फुटबल । अब वर्तमानमा फर्कने हो भने ती सबै साँच्चै इतिहासमै मात्र सीमित भइसके । अब नयाँ स्थिति छ र यो अलिकति तीतो पनि छ । अबको ठ्याक्कै स्थिति हो, ब्राजिली फुटबल अब त्यस्तो रहेन, जस्तो पहिलो थियो । अझ यत्ति पनि भन्नेहरू छन्, अब त ब्राजिली फुटबल नराम्रो नै छ ।

भर्खरै एउटा यस्तो स्कोर अगाडि आएको छ, जसले भन्छ, ब्राजिली फुटबलमा जे भइरहेको छ, त्यो राम्रो भइरहेको छैन। फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा ब्राजिल हालै मात्र अर्जेन्टिनाको हातबाट ४-१ ले पराजित भयो । ब्युनर्स आयर्समा भएको खेल जितेर जहाँ अर्जेन्टिना सन् २०२६ मा हुने विश्वकपका लागि छनोट भएको छ । त्यसै पनि अर्जेन्टिना साविक च्याम्पियन भयो, अब उसका सामु अमेरिका, क्यानाडा र मेक्सिकोमा हुने विश्वकपमा उपाधि रक्षाको अवसर हुनेछ ।

छनोटको सुरु सुरुमा त ब्राजिलको प्रदर्शन कति कमजोर थियो भने धेरैले यो टिम विश्वकप खेल्न सक्षम नै छैन समेत भने । त्यसपछि केही सुधारिएको प्रदर्शनपछि ब्राजिल छनोट हुने बाटोमै छ । 

तर, त्यसको ठीक विपरित ब्राजिली टिमले जुन प्रकारको हार बेहोरेको छ, त्यसले ब्राजिली फुटबल किन खस्किरहेको छ भन्ने मुद्दा फेरि बहसमा परिणत भएको छ । त्यसो त ब्राजिल अहिले नै विश्वकपमा छनोट नहुने स्थितिमा छैन । अझ भन्दा हुन्छ, ब्राजिलले अबको विश्वकप पनि खेल्नेछ । ब्राजिल नै एक मात्र यस्तो टिम हो, जसले अहिलेसम्मका सबै विश्वकप खेलेको छ । तर त्यही विश्वकपमा ब्राजिललाई उपाधिको दावेदार मान्ने दिन भने रहेन ।

विश्वकप छनोटमा प्रतिस्पर्धा गर्दै ब्राजिल र अर्जेन्टिना । 

अहिलेको ब्राजिली टिमका प्रशिक्षक हुन्, डोरिभल जुनियर । उनी आएयता ब्राजिली टिमले खासै केही गर्न सकेको छैन । छनोटको सुरु सुरुमा त ब्राजिलको प्रदर्शन कति कमजोर थियो भने धेरैले यो टिम विश्वकप खेल्न सक्षम नै छैन समेत भने । त्यसपछि केही सुधारिएको प्रदर्शनपछि ब्राजिल छनोट हुने बाटोमै छ । यसको एउटा कारण त दक्षिण अमेरिकाको सजिलो विश्वकप छनोट हुने समीकरण नै हो । त्यसैले पनि यसको धेरै आलोचना हुने गर्छ ।

ब्राजिली खेलाडीहरू युरोपका प्रमुख क्लबबाट खेलिरहेकै छन् । आ-आफ्नो टिमका लागि उनीहरू प्रमुख खेलाडी पनि छन् ।

ब्राजिली टिमका कप्तान हुन्, मारक्विन्होस । अर्जेन्टिनाविरुद्धको खेल गुमाएयता उनको एकै शब्दको प्रतिक्रिया थियो, लामैमर्दो । खेलको विश्लेषण गर्दै उनले ठीक पनि भनेका छन् । उनको भनाइ थियो, ‘फुटबलमा कसरी सफलता प्राप्त गर्न सकिन्छ, त्यसको सूत्र भन्नु नै छैन । हामीले गर्न सक्ने भनेको त खालि कडा मिहिनेत नै हो र यसमै टिकेर राम्रो खेल्ने नै हो ।’ त्यसो त ब्राजिली फुटबलमा अहिले स्टार खेलाडीको ठ्याक्कै कमी पनि छैन ।

बाज्रिलका प्रमुख खेलाडी राफिन्हा । 

ब्राजिली खेलाडीहरू युरोपका प्रमुख क्लबबाट खेलिरहेकै छन् । आ-आफ्नो टिमका लागि उनीहरू प्रमुख खेलाडी पनि छन् । त्यसो भए समस्या चाहिँ कहाँनिर छ त ? फुटबलका पण्डितहरूले यसका केही कारण भने यही भनेर भनेका छन । पहिलो हो, अहिले ब्राजिलमा राम्रो भन्न लायक प्रशिक्षककै कमी छ । त्यसैले टिम राम्रो बनिरहेको छैन । जसरी युरोपतिर यो चाहिँ राम्रो प्रशिक्षक हो भनेर भन्न सकिन्छ, त्यस्ता प्रशिक्षक ब्राजिलमा छैन् नै भनिन्छ ।

अनि ब्राजिली फुटबल संघ आफैमा सधैं विवादमा पर्ने गर्छ, यसमाथि आर्थिक भ्रष्टाचारका अनेक आरोप लाग्ने गर्छ । यो फुटबल संघले घरेलु ब्राजिली फुटबल राम्रोसँग हाक्न सकिरहेको छैन् पनि भनिन्छ । संघ जति जति कमजोर हुन्छ, त्यस देशको फुटबल उति उति खस्दै जाने गर्छ । विश्व फुटबलका लागि भने यो दुःख र पीडा दिने विषय नै हो । जुन देशको परिचय नै फुटबल हुने गर्छ, त्यही देश यसमा कमजोर हुँदै गइरहेको छ भने यसलाई कसले पो सुख मान्न सक्छ ?

ब्राजिलका कप्तान मारक्विन्होस ।