चैत्र १९, २०८१ मंगलबार | ०६:०९:१०
जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो ललितपुर

गोलको खुयाली मनाउँदै ललितपुरका खेलाडी, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । दुई गोलको अग्रता जोगाउन नसक्दा साबिक विजेता ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएलएल) मा काठमाडौं रेजर्ससँग २-२ को बराबरीमा रोकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न उद्घाटन खेलमा ललितपुरका लागि जनाथन कान्टीलाना र आदित्य शाक्यले गोल गरे । काठमाडौंका ओमोडोउ डिओप र भिन्सेन्ट कोजिएलोले गोल फर्काए ।

खेलको पाँचौ मिनेटमा कान्टीलानाकाे गाेलमार्फत ललितपुरले अग्रता लियो । कान्टीलानाको प्रहार काठमाडौंका रक्षक कमल श्रेष्ठलाई लागेर गोलमा परिणत भएको थियो  ।

ललितपुर र काठमाडौं भिड्दै, तस्विरः सरोज सापकोटा /खेलाडी । 

आदित्यले१५औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । इमो इजीकेलको प्रहारलाई काठमाडौंका गोलरकिपर अभिषेक बरालले ब्लक गर्दा प्राप्त रिबाउन्डमा इजीकेलले नै उपलब्ध गराएकाे पासलाई आदित्यले पाेस्टको दिशा दिए ।

ललितपुरले आफ्नो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन । ७५औं जिलेस्पीजंग कार्कीको पासलाई डियोपले बक्स भित्रबाट जाली चुमाउँदा काठमाडौंले खेललाई २-१ को स्थितीमा ल्यायो ।

इन्ज्युरी समयमा कोजिएलोले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए । ललितपुरका योगेश गुरुङले बक्सभित्र कोजिएलोलाई नै फाउल हानेपछि काठमाडौले पेनाल्टीको अवसर प्रदान गरेको थियो ।  

गोलको खुसीयाली मनाउँदै भिन्सेन्ट कोजिएलो, तस्विरः सरोज सापकोटा /खेलाडी । 
 

भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC