माघ १५, २०८२ बिहीबार | ११:२८:१६
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने

बोर्खा गोलान (बीच)लाई स्वागत गरिदै ।

काठमाडौं । स्पेनका बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने भएका छन् ।

नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमबार लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गर्दै उनले नेपाली खेलाडीलाई एक साताको प्रशिक्षण गराउने जानकारी दियो ।  

सन् २०१४ मा गोलान विश्व स्क्वास वरियाताको पाँचौं स्थानमा थिए । उनले पिएसए विश्व टुरमा ३३ तथा स्पेनको राष्ट्रिय च्याम्पियनमा १७ उपाधि जितेका छन् ।

यस्तै, दुई पटक युरोपियन च्याम्पियन बनेका गोलानले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगतामा स्पेनको नेतृत्व गरिसकेका छन् ।

सन् २०२३ मा खेल जीवनबाट संन्यास लिएपछि उनले गोलान स्क्वास एकेडेमी स्थानपना गरेका थिए ।

४२ वर्षीय गोलानले नेपाली स्क्वास खेलाडीलाई उत्प्रेरित गर्ने लक्ष्यसहित नेपाल आएको प्रतिक्रिया दिए । ‘पछिल्ला दुई-तीन वर्षदेखि प्रशिक्षकको जिम्मेवारीमा छु, नेपालमा सिकाउने मात्र होइन, मैले पनि धेरै सिक्ने अवसर पाउनेछु,’ उनले भने ।

नेपाल स्क्वास एन्ड राकेट्स संघका अध्यक्ष धुर्व्रबहादुर गुरुङले गोलानको प्रशिक्षणले नेपाली खेलाडीको स्तर अझ बढ्ने भन्दै गोलान स्क्वास फाउन्डेसनबाट युरोपकास्तरीय खेलाडीसँग अनुभव दिन नेपाली खेलाडीलाई स्क्वास टुरको व्यवस्था गर्न पनि अनुरोध गरे ।

ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले गोलानको आगमन नेपालका स्क्वास खेलाडीका लागि आफ्नो खेलस्तर बढाउने ठूलो अवसर भएको धारणा राखे ।

यसैगरी नेपाल स्क्वास एन्ड र्याकेट्स संघका निवर्तमान अध्यक्ष किशोर महर्जनले गोलानबाट खेलाडी मात्र नभएर नेपाली प्रशिक्षकले पनि धेरै कुरा सिक्ने अपेक्षा राखेको बताए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।