चैत्र १४, २०८२ शनिबार | २३:००:३२
सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ?

बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने

बोर्खा गोलान (बीच)लाई स्वागत गरिदै ।

काठमाडौं । स्पेनका बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने भएका छन् ।

नेपाल स्क्वास एन्ड र्याकेट्स संघले सोमबार लेभल थ्री प्रशिक्षक गोलानलाई स्वागत गर्दै उनले नेपाली खेलाडीलाई एक साताको प्रशिक्षण गराउने जानकारी दियो ।  

सन् २०१४ मा गोलान विश्व स्क्वास वरियाताको पाँचौं स्थानमा थिए । उनले पिएसए विश्व टुरमा ३३ तथा स्पेनको राष्ट्रिय च्याम्पियनमा १७ उपाधि जितेका छन् ।

यस्तै, दुई पटक युरोपियन च्याम्पियन बनेका गोलानले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगतामा स्पेनको नेतृत्व गरिसकेका छन् ।

सन् २०२३ मा खेल जीवनबाट संन्यास लिएपछि उनले गोलान स्क्वास एकेडेमी स्थानपना गरेका थिए ।

४२ वर्षीय गोलानले नेपाली स्क्वास खेलाडीलाई उत्प्रेरित गर्ने लक्ष्यसहित नेपाल आएको प्रतिक्रिया दिए । ‘पछिल्ला दुई-तीन वर्षदेखि प्रशिक्षकको जिम्मेवारीमा छु, नेपालमा सिकाउने मात्र होइन, मैले पनि धेरै सिक्ने अवसर पाउनेछु,’ उनले भने ।

नेपाल स्क्वास एन्ड राकेट्स संघका अध्यक्ष धुर्व्रबहादुर गुरुङले गोलानको प्रशिक्षणले नेपाली खेलाडीको स्तर अझ बढ्ने भन्दै गोलान स्क्वास फाउन्डेसनबाट युरोपकास्तरीय खेलाडीसँग अनुभव दिन नेपाली खेलाडीलाई स्क्वास टुरको व्यवस्था गर्न पनि अनुरोध गरे ।

ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले गोलानको आगमन नेपालका स्क्वास खेलाडीका लागि आफ्नो खेलस्तर बढाउने ठूलो अवसर भएको धारणा राखे ।

यसैगरी नेपाल स्क्वास एन्ड र्याकेट्स संघका निवर्तमान अध्यक्ष किशोर महर्जनले गोलानबाट खेलाडी मात्र नभएर नेपाली प्रशिक्षकले पनि धेरै कुरा सिक्ने अपेक्षा राखेको बताए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो