चैत्र २०, २०८१ बुधबार | १४:३७:३८
वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी

चिवतनले पोखरालाई हरायो

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को आफ्नो पहिलो खेलमा एफसी चितवनले पोखरा थण्डर्सलाई २–० ले हराएको छ ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न प्रतियोगिताको तेस्रो खेलमा मिडफिल्डरद्धय नोदिर माब्लोनोभ र निरज चौधरीले गोल गर्दा चितवनले स्पष्ट तीन अंक हासिल गरेको हो । योसँगै चितवन एनएसएल सिजन ३ मा जित हासिल गर्ने पहिलो टोली बन्यो । यसअघि शनिबार उद्घाटन खेलमा ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सले २–२ को बराबरी खेल्दा आइतबार बुटवल लुम्बिनी एफसी र झापा एफसीबीचको खेल पनि गोलरहितमा समाप्त भएको थियो ।

माब्लोनोभले खेलको १५औं मिनेटमा फरवार्ड भिक्टर मानसारेले राइट साइडबाट दिएको कटब्याकलाई सदुपयोग गरेका हुन् । पेनाल्टी बक्सभित्रबाट प्राप्त बललाई बक्स बाहिर रहेका नोदिर माब्लोनोभले वान टचमा पहिलो बारको जाली चुमाए । इन्जुरी समयको अन्तिम मिनेटमा वैकल्पिक खेलाडी निरज (चौधरी)ले मैदान प्रवेश गरेको केही मिनेटपछि नै गोल गर्दै चितवनको जित सुनिश्चित गरे ।

खेलको ३१औं मिनेटमा विंगर शिशिर लेखीको शक्तिशाली प्रहार पोखराका गोलकिपर प्रिसो एनजाङ्गाले बचाउँदा चितवनले अग्रतालाई बढाउन सकेन । यसबाहेक पहिलो हाफमा दुवै टोलीबाट गोल गर्न लायक अवसरहरु सृजना हुन सकेनन् ।

दोस्रो हाफमा पोखरा चितवनविरुद्ध हाबी देखियो । तर, तीन अवसरमा पोखरा गोल गर्नबाट चुक्यो । खेलको ५३औं मिनेटमा मिडफिल्डर जो ऐडोले ३० यार्ड परबाट गरेको शक्तिशाली प्रहार क्रस बारभन्दा माथिबाट बाहिरिँदा चितवनले राहतको सास फेरेको थियो । चार मिनेटपछि फरवार्ड समीर तामाङले राइट साइडबाट दिएको लामो दूरीको क्रसमा अर्का फरवार्ड स्टेफन समीर विनोङको हेडरले पोस्टको दिशा लिन सकेन । विनोङको हेडर दोस्रो बार नजिकैबाट बाहिरिएको थियो ।

खेलको ८६औं मिनेटमा जोनाथन क्याम्पबेलको क्रसमा मानसारेको वान टच प्रहारले पोस्टको दिशा लिन नसक्दा चितवनले अग्रता बढाउन सकेको थिएन ।
 


भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।