जेष्ठ १९, २०८२ आइतबार | १२:३९:३०
एरिका गुरुङले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित मियामीको जितमा मेसीको दुई गोल विनानतिजा टुंगियो नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल सानदार जित निकाल्दै पिएसजी च्याम्पियन रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा एरिका गुरुङले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित मियामीको जितमा मेसीको दुई गोल विनानतिजा टुंगियो नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल सानदार जित निकाल्दै पिएसजी च्याम्पियन रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा

नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को क्यालेन्डर व्यवस्थित नहुँदा खेलाडी मारमा परेका छन् ।

नेपाल स्पोर्टस इभेन्ट एण्ड म्यानेजमेन्टको आयोजनामा भइरहेको नेपाल सुपर लिग (एनएसएल) र एन्फा आफैले गरेको सहिद स्मारक ‘बी’ डिभिजन लिगको मिति जुध्दा खेलाडीले २२ घण्टाको बीचमा दुई खेल खेल्नु पर्ने अवस्था सिर्जना भएको छ ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एफसी चितवनका अट्याकिङ मिडफिल्डर शिशिर लेखी पोखरा थण्डर्सविरुद्ध मैदानमा उपस्थित थिए । नवीन न्यौपानेको नेतृत्वमा पहिलो रोजाईमा परेका शिशिरले मैदानमा ७३ मिनेट बिताए ।

मंगलबार एन्फा मुख्यालयमा श्री भगवती क्लबले ‘बी’ डिभिजन लिगमा श्री कुमारी क्लबसँग प्रतिस्पर्धा गर्यो । भगवतीको जर्सीमा देखिँदै आएका शिशिर मंगलबारको खेलमा अनुपस्थित हुने अनुमान थियो । तर, कप्तान दीपेश श्रेष्ठलाई प्रतिस्थापन गर्दै शिशिर दोस्रो हाफको पहिलो मिनेटमै मैदान प्रवेश गरे ।

सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत श्री कुमारी क्लबविरुद्ध शिशिर लेखी (निलो) , तस्विर सौजन्यः एन्फा ।

व्यावसायिक फुटबल खेलाडीको हकमा एक खेल खेलिसकेपछि दोस्रो खेलमा फर्कन सामान्यतया कम्तिमा पनि ४८ घण्टा आवश्यक पर्छ । अझ विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कोभिड महामारीपछि त्यो समयलाई बढाएर कम्तिमा ७२ घण्टाको आराम हुनुपर्ने नियम ल्याएको छ । तर, अव्यवस्थित क्यालेन्डरका कारण फुटबलको सर्वमान्य नियमलाई लत्याउँदै नेपालमा खेलाडी २२ घण्टाको अन्तरालमै मैदानमा प्रतिस्पर्धा गर्न बाध्य भएका छन् ।

उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेका शिशिर घरेलु फुटबलका नाम चलेका खेलाडी हुन् । २०७९ सालको लिगमा ब्रिगेड ब्वाइजको प्रतिनिधित्व गरेका शिशिरले २०८० जेठमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग गुमाएका थिए । जसका कारण भगवतीले उनलाई फागुन २५ बाट सुरु भएको लिगका लागि अनुबन्ध गरेको थियो ।

शिशिरकै प्रेरणादायी प्रदर्शनमा भगवतीले शीर्ष डिभिजनमा पुग्न बलियो दाबेदारी प्रस्तुत गरिरहेको छ । पहिलो खेलमा भगवतीले रानीपोखरी कर्नर टिम (आरसीटी)लाई पराजित गर्दा शिशिरले ‘प्लेयर अफ दी म्याच’ समेत जितेका थिए ।

नेपाल सुपर लिग (एनएसएल) सिजन ३ मा पोखरा थण्डर्सविरुद्ध उत्रिएको एफसी चितवनको पहिलो रोजाई, तस्विरः सरोज सापकोटा/खेलाडी

पहिलो सिजन पनि चितवनकै जर्सी लगाएका शिशिरले पोखरा थण्डर्सविरुद्ध गरेको दर्शनीय गोल अहिलेसम्म पनि आम फुटबलप्रेमीले बिर्सेका छैनन् ।

सन् २०१९ मा ब्रिगेड ब्वाइजले ललित स्मृति यु-१८ जित्दा सर्वोत्कृष्ट मिडफिल्डरको अवार्ड हासिल गरेका शिशिरले सोहि वर्ष हल्चोक, काठमाडौंमा भएको साफ यु-१८ च्याम्पियनसिप खेलेका थिए । उनले पछिल्लो समय मोफसलका प्रतियोगिताहरुमा न्युरोड टिम (एनआरटी)बाट खेलिरहेका थिए ।

खासमा सहिद स्मारक ‘बी’ डिभिजन लिग दुई वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने थियो । तर, सहभागी क्लब र एन्फाबीचको निरन्तर विवादका कारण लिग दुई वर्ष पर धकेलिएको हो ।

एन्फा महासचिव किरण राई समय अभावका कारण ‘बी’ डिभिजन र एनएसएल जुध्न गएको प्रतिक्रिया दिन्छन् । उनी भन्छन्, ‘इभेन्ट जुध्नु सामान्य कुरा हो । हामीसँग अहिले समयको पनि अभाव छ । एनएसएल र बी डिभिजन सँगै नलान सम्भव नै भएन । हामी राष्ट्रिय लिग गर्ने योजनामा छौं । फेरि मनसुन पनि सुरु हुन लागेको भएर हामीले दुई प्रतियोगितालाई सँगै लान बाध्य भएका हौं ।’

नेपाल सुपर लिग (एनएसएल) सिजन ३ मा पोखरा थण्डर्सविरुद्ध एफसी चितवनका मिडफिल्डर शिशिर लेखी, तस्विरः सरोज सापकोटा/खेलाडी

यसले खेलाडीलाई अन्याय भएन र ? राई तर्क गर्छन्, ‘बी डिभिजन भनेको दोस्रो स्तरको प्रतियोगिता हो । अनि एनएसएल भनेको माथिल्लो स्तरको प्रतियोगिता हो । त्यसैले सँगै लाँदा केही फरक पर्दैन जस्तो लाग्छ । हो ! बीमा पनि सम्भावना भएका खेलाडी धेरै छन् । यसबारेमा हामीले सहभागी क्लबहरुसँग छलफल गरेका छौं । प्राविधिक कुराहरु छिट्टै हल गर्छौँ ।’

बी डिभिजन र एनएसएल फरक स्तरका प्रतियोगिता भन्न भ्याएका एन्फा महासचिव राईले फरक स्तरका प्रतियोगिता एकै समयमा गर्न मिल्ने तर्क पनि प्रस्तुत गरे । विश्व फुटबलमै सबै श्रेणीका लिगहरु एकै समयमा हुन्छन् । तर एकै समयमा भएका फरक स्तरका प्रतियोगितामा एउटै खेलाडीले दुई फरक क्लबबाट यसरी अस्तव्यस्त भएर खेलेको विषयमा भने उनीसँग उत्तर थिएन ।

क्यालेन्डर जुधेकै कारण गत सिजन ललितपुर सिटी एफसीलाई च्याम्पियन बनाएका दुई युवा खेलाडी कुशल देउवा र अश्विन घोरासैनीलगायत थुप्रै सम्भावना बोकेका खेलाडीले यसपालीको एनएसएल गुमाएका छन् । अश्विन र कुशल च्यासल युवा क्लबबाट बी डिभिजन खेलिरहेका छन् ।

श्री भगवती क्लब, तस्विर सौजन्यः एन्फा ।

चितवनका प्रशिक्षक नवीन न्यौपाने एनएसएलको पूर्व सन्ध्यामा शिशिरका बारेमा सकारात्मक देखिन्थे । उनी भन्थे, ‘एनएसएल सुरु भइसकेपछि चितवनको व्यवस्थापनले प्राविधिक कुराको समाधान गरेर शिशिरलाई चितवन केन्द्रित बनाउनेमा विश्वस्त छु । हामीले श्री भगवतीसँग कुरा गरिरहेका छौं । भगवती पनि यो विषयलाई लिएर सकारात्मक नै छ ।’

न्यौपानेको यो अभिव्यक्तिको ठ्याक्कै एक हप्तापछि भगवतीले शिशिरलाई श्री कुमारीविरुद्ध मैदानमा उतारेको हो ।

आठ वर्षदेखि दोस्रो डिभिजनको लिगमा रहेको भगवती चौथो प्रयासमा ए डिभिजन उक्लिने योजनामा छ । यही कारण भगवतीले शिशिरलाई गुमाउन चाहेको छैन ।

चितवनले शुक्रबार आफ्नो दोस्रो खेलमा बुटवल लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ । शिशिरले यसका लागि ४८ घण्टाको आराम समय पाउनेछन् ।


भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL